काठमाडौं– दाइजो थोरै ल्याएको भन्दै श्रीमतीको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको राजापुर नगरपालिका–१ का २५ वर्षीय सन्तोष साह सोनार छन्।
सोनार र उनका बाबु राजेन्द्र साह सोनार, आमा प्रमिला देवी मिलेर दाइजो थोरै ल्याएको भन्दै २०७३ पुस १३ गते बुहारी लालुमनि देवीको घाँटी थिचेर हत्या गरेका थिए।
उनीहरुले साँझ साढे ७ बजे लालमुनिको हत्या गरेर सिलिङ फ्यानमा सल बाँधेर झुण्डिएर आत्महत्यया गर्न खोजेको हो भन्ने भ्रम पार्न खोेजेका थिए। आत्महत्या गर्न लागेको अवस्थामा उद्दार गरेर अस्पताल उपचार गर्न भन्दै लान लागेको कुरा प्रहरीले थाहा पाएपछि उनीहरुलाई पछि गरेको थियो। त्यसपछि उनीहरु नजिकैको गौरको अस्पताल लान छाडेर वीरगञ्जतर्फ लगेका थिए। पछि प्रहरी पुगेपछि सन्तोष र उनका आमा प्रमिला देवी भने फरार भएका थिए। त्यसबेलै प्रहरीले राजेन्द्रलाई भने पक्राउ गरिसकेको थियो।
छोरीको हत्या भएपछि भारत बिहारका किशोरी साह सोनारले किटानी जाहेरी दिएका थिए। फरार सन्तोषलाई जिल्ला प्रहरी कार्यालय रौतहटले मोरङको बेलबारीबाट शनिबार पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।