जनकपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीकाे बर्दिवासस्थित भब्सी पुलमा बनाइएको बेलिब्रिज शनिबारदेखि सञ्चालनमा आएको छ। गत असार २८ गत्ते अविरल वर्षापछि आएको बाढीले भब्सी पुल भत्किएर सडक अवरुद्ध भएको थियो।
पुल सञ्चालनमा यातायातका साधन सञ्चालनमा सहजता थपिएको छ। पुल भत्किएपछि वैकल्पिक मार्गकाे रूपमा डाइभर्सन बनाइ यातायातका साधनलाई गन्तव्यतर्फ पठाइने गरिएको थियो।
बेलिब्रिज निर्माण गर्न आवश्यक सबै सामग्री सडक डिभिजन कार्यालय लहानबाट ल्याई निर्माण कार्य सम्पन्न गरिएको छ। बेलिब्रिज जडानका लागि काठमाडौंबाट प्राविधिक झिकाइएको थियो।
बेलिब्रिजको लम्बाई ४८.४ मिटर रहेको छ। बेलिब्रिजको क्षमता ९८ टन रहे पनि बेलिब्रिजबाट एक पटकमा ३५ टनसम्मको एउटा सवारीका साधन मात्र आवतजावत गर्न दिइने सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।