डडेल्धुरा- डोटीमा गोली लागेर शनिबार राति एक जनाको ज्यान गएको छ। आदर्श गाउँपालिका-५, तल्लो डाडावनमा जनावर धपाउन हानेको गोली लागेर एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता लालबहादुर धामीका अनुसार आदर्श गाउँपालिका-५ का ५० वर्षीय जंगे भुलले हानेको गोली लागेर सोही स्थानका १९ वर्षीय तपेश लुहारको ज्यान गएको हो।
शनिबार राति करिब पौने ११ बजेको समयमा डाडावनमा आएका जंगली जनावर धपाउन जंगे भुलले प्रहार गरेको भरुवा बन्दुकको गोली तपेश लुहारको टाउकोमा लागेको थियो।
यसबारे थप अनुसन्धान गर्न प्रहरी निरीक्षक कर्ण बोहोरासहितको टोली घटनास्थलतर्फ गएको प्रहरी प्रवक्ता धामीले जानकारी दिए। गोली प्रहार गर्ने जंगे भुल र उनले प्रयोग गरेको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।