• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मानव अधिकारको दायरा विस्तार गर्नुपर्छ : प्याकुरेल

64x64
नेपाल लाइभ शनिबार, साउन १८, २०७६  १८:१२
1140x725

राजविराज-  प्रदेश-१ का नीति तथा योजनाका आयोगका उपाध्यक्ष तथा अधिकारकर्मी सुबोधराज प्याकुरेलले मानव अधिकारको दायरा फराकिलो पार्नु पर्ने बताएका छन्।

वैद्य–प्रकाश मानव अधिकार कोषले शनिबार राजविराजमा आयोजना गरेको ‘वैद्य–प्रकाश मानव अधिकार पुरस्कार २०७६’ वितरण समारोहमा बोल्दै प्याकुरेलले यस्तो बताएका हुन्। ‘हरेक वर्ष तापमान बढिरहेको छ। हिमताल फुट्ने अवस्थामा छन्। यो अवस्थाबाट जोगिन मानव अधिकारको दायरालाई पराकिलो पार्न र ति विषय पनि समेटिनु जरुरी छ,’उनले भने। 

मानव अधिकारको दायरा विस्तार गरी चुरे श्रृंखला, वातावरण र जलाधार क्षेत्रको संरक्षणलाई पनि समेट्नुपर्ने आवश्यकता औंल्याएका छन्। अनुदार र गैह्रजिम्मेवार मानवीय क्रियाकलापले वातावरणमा परेको असर विश्वले भोगिरहेको बताएका उनले चुरे शृंखला, वातावरण र जलाधार क्षेत्रको संरक्षणमा लाग्ने बेला आएको जिकिर गरे। 

उनले कोशीको जलाधार क्षेत्र संरक्षणका लागि प्रदेश १ र २ को सरकारले साझेदारी गर्नु पर्ने आवश्यकतामा जोड दिए। तेरो–मेरो र वारी–पारी नभनी दुवै प्रदेश सरकारले सहकार्य गर्नु पर्ने उनको भनाइ छ। ‘चुरे विनाशको असर तराईमा प्रत्यक्ष देखिएको छ। तराईका हराभरा जमिन वगर बनिरहेका छन्, विपत्ति बढिरहेको छ,’उनले थपे,‘तर, यसले तराई मात्र होइन, सिङ्गो नेपाललाई क्षति गर्छ।’

प्रदेश २ ले घोत्लिने बेला आयो : बराल
सामाजिक अभियन्ता तथा राजनीतिकर्मी गुरूप्रसाद बरालले गुणस्तरीय शिक्षा र स्वास्थ्यका विषयमा प्रदेश २ को सरकारले घोत्लिने बेला आएको बताए। धेरै बालबालिका गुणस्तरीय शिक्षाबाट बञ्चित रहेको बताएका बरालले सिरहा र सप्तरीका ७० प्रतिशत बालबालिका गुणस्तरीय शिक्षाको खोजीमा विराटनगर पुगेको जिकिर गरे।

‘पछिल्लो नतिजा अनुसार प्रदेश २ बाट एसइई परीक्षामा सहभागी भएका ७१ हजार विद्यार्थीमध्ये १४ हजारले ४० प्रतिशतभन्दा कम नम्बर ल्याएका छन्,’उनले भने,‘यो शैक्षिक गरिबीबाट प्रदेशलाई मुक्त गर्ने विषयमा घोत्लिने बेला आएको छ।’

गुणस्तरीय शिक्षा, सामुदायिक विद्यालयको सुधार, बाल अधिकारको संरक्षणलगायतका विषय चुनौतीका रुपमा रहेको भन्दै उनले अशिक्षा, अन्धकार र गरिवी विरुद्ध एकतावद्ध भएर लडाई लडनुपर्ने बताए। उनले मानव अधिकारको अर्थ राजनितिक अधिकार प्राप्तीमा मात्र सिमित नगरी त्यसको दायरालाई वहुआयामिक र ब्यापक बनाउनु पर्ने बताए।

‘अब शुसासन, गुणस्तरीय निर्माण, वातावरण संरक्षण, उपभोक्ता अधिकारलगायतका विषयलाई पनि मानव अधिकारको दायरामा ल्याउनुपर्छ,’उनले थपे,‘सबैले हातेमालो गर्न सके लोकतन्त्र र समृद्धिको यात्रा सहज रुपमा पुरा गर्न सकिन्छ।’

Ncell 2
Ncell 2

अधिकारकर्मी पोखरेल पुरस्कृत
यस वर्षको ‘वैद्य–प्रकाश मानव अधिकार पुरस्कार २०७६’ बाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का सप्तरी प्रतिनिधि राजविराज नगरपालिका–६ निवासी मनोहर कुमार पोखरेल पुरस्कृत भएका छन्। मानव अधिकार, प्रेस स्वतन्त्रता र सामाजिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याए बापत उनलाई यो पुरस्कार प्रदान गरिएको आयोजकले जानकारी दिए। इन्सेकका ‘संस्थापक महासचिव स्व. प्रकाश काफ्लेको २७औँ स्मृति दिवसका अवसरमा पोखरेल पुरस्कृत भएका हुन्। 

यसअघि दलित आन्दोलनका अगुवा बलदेव राम, दोस्रोपटक युक्तिलाल मरिक र तेस्रोपटक असर्फी सदालाई सो सम्मान प्रदान गरिएको थियो।

नुवाकोटको घोप्टेभीरमा ०४९ साउन १६ गते भएको थाइ एयरबसको विमान दुर्घटनामा निधन भएका इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको स्मृतिमा चार वर्षदेखि सप्तरीमा मानव अधिकार र सामाजिक न्यायमा महत्वपूर्ण योगदान पुर्‍याउनेलाई सम्मान गरिँदै आएको छ।

२५औँ ‘प्रकाश मानव अधिकार पुरस्कार–२०७५’ भने मोरङका सामाजिक अभियन्ता गुरूप्रसाद बराललाई प्रदान गरिएको छ। साउन १६ गते विराटनगरमा आयोजित ‘२७औँ प्रकाश स्मृति दिवस’का अवसरमा बराललाई सम्मान गरिएको हो। पुरस्कारको राशी ५० हजार छ।

इन्सेकले प्रदान गरेको ५० हजार रुपैयाँको पुरस्कार सामुदायिक विद्यालयको गुणस्तर सुधारमा लगाउने बरालले बताए। उनले ‘वैद्य प्रकाश पुरस्कार कोष’मा पनि ५० हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
 

प्रकाशित मिति: शनिबार, साउन १८, २०७६  १८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
एमाले बोलायो केन्द्रीय कमिटी बैठक शुक्रबार, पुस २५, २०८२
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्