• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

८६ वर्षीय वृद्धको सम्बन्ध विच्छेद मुद्दा मिलाएर फेरि विवाह गरिदियौं : इन्दिरा कार्की [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, साउन १९, २०७६  ०५:५८
1140x725

प्रदेश १ को एक मात्र महानगर विराटनगर महानगरपालिकाकी उपमेयर छिन्, इन्दिरा कार्की। प्रदेशकै राजधानी रहेको महानगरपालिकाको न्यायिक समितीकी संयोजकसमेत रहेकी उनी सधैंजसो छलफल र अन्तरक्रियामै व्यस्त हुन्छिन्। न्याय सम्पादनमा दुई वर्षको उनको अनुभवबारे उपमेयर कार्कीसँग नेपाल लाइभका विनय बाह्रकोटीले गरेको कुराकानी:
 
तपाईंले नेतृत्व गरेको न्यायिक समितिमा कस्ता प्रकृतिका मुद्दाहरु बढी आउने गर्छन्? 
सबैभन्दा धेरै त जग्गा किचलोकै मुद्दा छन्। एक इन्च जग्गा पनि तलमाथि भयो भने पनि न्यायिक समितिमा आउने गरेका छन्। सुरुसुरुमा सम्बन्ध विच्छेद गर्ने भनेर धेरै आउने गरेका थिए। तर केही महिनायता त्यस्ता प्रकृतिका मुद्दा आउन छाडेका छन्। घर जग्गामा सामान्य विवाद भए पनि न्यायिक समितिमा आउँछन्, त्यस्ता अधिकांश मुद्दा सहमतिमै टुंगिने गरेका छन्।

हालसम्म कति मुद्दा मिलापत्र गराउनुभयो? 
अहिलेसम्म दुई दर्जनभन्दा बढी मुद्दा मिलापात्र भइसकेका छन्। एउटै मुद्दाका लागि लामो समय लाग्ने भएकाले समयमै नटुंगिन पनि सक्छ। एउटा मुद्दा टुङ्गो लगाउन ९ महिनासम्म काम गरेका छौं। श्रीमान्-श्रीमतीले एक-अर्काको मुख नै नहेर्ने र छुट्टिएर बसेकालाई पनि मिलाएर एकै ठाउँमा बस्ने वातावरण बनाएका छौं।

कस्ता मुद्दा छन्, जसलाई मिलाउन ९/९ महिना लाग्छ?  
एक जना ८६ वर्षका वृद्धले म श्रीमतीसँग बस्न सक्दिनँ भन्दै सम्बन्ध विच्छेदका लागि निवेदन दिए। श्रीमती पनि ७७ वर्षकी थिइन्। त्यो मुद्दा मिलाउन हामीले धेरै मेहनत गर्‍यौं। उहाहरुको परिवारसँग सहयोग लियौं। छोराबुहारी र छोरीहरुसँग छलफल गरेपछी दुवैलाई सहमतिमा ल्यायौ। र, न्यायिक इजलासमा मिलापत्र गर्‍यौं। त्यसपछि फूलमाला लगाएर दुवैलाई विवाह गरेजस्तै गरी गाडीमा हालेर पठायौं। अहिले हामी उहाँहरुलाई निगरानी गरिरहेका छौं। अहिले धरै राम्रो सम्बन्ध रहेको पनि बुझेका छौं। देख्दा सामान्य देखिने तर जटिल प्रकृतिका यसखाले मुद्दाले धेरै समय लिन्छन्।

तपाईंलाई असामान्य लागेका अरु मुद्दा केही छन्?
अरु पनि धेरै छन्। जस्तो तलाक दिइसकेपछि सम्बन्ध नै सकिने मुस्लिम दम्पतीको तलाक दिइसकेको मुद्दा पनि मिलाएका छौं। त्यो मुद्दा मिलाउन हामीलाई एक वर्षभन्दा धेरै लाग्यो। उनीहरुको परिवारमै गएर, त्यहीँ बसेर लामो समय पारिवारिक छलफल गरेर मुद्दा मिलायौं। मुस्लिम समुदायका प्रमुखहरुसँगकै परामर्शमा छलफल गर्‍यौं। सहमति भएपछि उनीहरुले मलाई आमा भनेर नै सम्बोधन गरे। अहिले पनि आमा भनेर बारम्बार फोन गरिरहन्छन्। मलाई एकदमै खुसी लाग्छ। यस्तै प्रकृतिका कुनै हालतमा सँगै बस्नै नसक्ने सम्बन्ध भएका मुद्दाहरु करिब आधा दर्जन जति मिलाएका छौं।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी घटनाको गहिराइमा पुग्दा खासमा सम्बन्धहरु कसरी धरापमा पर्दा रहेछन्? के पाउनुभयो? 
यसमा धेरै ठूला कारण हुँदैनन् भन्ने हामीले पायौं। आर्थिक, मादक पदार्थ सेवन र कम्युनिकेसन ग्याप मुख्य समस्या हुन्। श्रीमान्-श्रीमतीबीच कुराकानी नहुँदा र व्यावहारीक कुरामा सल्लाह नहुँदा पनि यस्ता समस्या हुने गरेका छन्। कम्युनिकेसन ग्याप हुँदा उत्पन्न भएका समस्या छलफलका क्रममा कुराकानी गर्दागर्दै समाधान भइसक्छन्। धेरै साना कुरा इगोको रुपमा परिणत भएपछी त्यसले भयंकर रुप लिने गर्दो रहेछ। सासू र बुहारीबीच असमझदारीका कारण पनि समस्या आउने गरेका छन्। दाइजो अर्को मुख्य कारण हो। पहिलो श्रीमतीकी माइतीले भन्दा दोस्रो विवाह गर्दा धेरै दाइजो पाइने लोभमा बिहे गर्ने गरेका छन्। त्यसले अर्को समस्या सिर्जना गरेको छ। सबैभन्दा महत्वपूर्ण कारण भनेको श्रीमान्‌ले मादक पदार्थ सेवन गर्ने र परिवारलाई बेवास्ता गर्ने खालका समस्या छन्। समस्या ठूला नभए पनि जटिल भइदिनाले कहिलेकाहीँ मिलापत्र गर्न समय लाग्ने गरेको छ।

धेरै मुद्दाहरु न्यायिक समितिमा समय लाग्ने भएपछि प्रहरीकहाँ जाने गरेका छन्। खासमा किन त्यस्तो हुन्छ? 
मलाई त्यो बारेमा थाहा छैन। अरु स्थानीयत हमा होला, हाम्रोमा छैन। न्यायिक समितिले मुद्दा मिलाउने मात्र काम गर्छ फैसला र कारबाही गर्न हामी सक्दैनौ। त्यसैले कारबाही गर्ने प्रकृतिका मुद्दा प्रहरीकहाँ जाने गरेका होलान्। तर म यति कुरा ठोकुवा गरेर भन्छु कि हामीले मिलाएका मुद्दामा कोही पनि असन्तुष्ट भएर प्रहरी वा अदालत जानुपरेको छैन। 

अझै पनि धेरै महिला हिंसाका घटना बाहिर आउन सकेका छैनन्। त्यस विषयमा कस्तो पहल गरिरहनुभएको छ? 
तपाईंले भनेको सही हो। धरै घटना अझै पनि बाहिर आएका छैनन्। बाहिर ल्याउने भनेको स्वयंले नै हो। तर बाहिर आएपछि उसको दैनिकी र व्यवहार नै परिवर्तन गर्नुपर्ने हुन्छ। त्यो आँट थोरै महिलामा मात्र छ। बाहिर ल्याउँदा पारिवारिक र सामाजिक रुपमा अपमान हुने बुझाइले धेरै हिंसा गुपचुप छन्। त्यसैले हामीले न्यायिक समितिका हरेक सदस्यमार्फत गाउँघरमा भएका समस्यालाई निगरानी गर्ने र समाधान गर्ने प्रयास जारी राखेका छौं। समस्याको समाधान मौनता होइन, छलफल हो भनेर हामीले भन्ने गरेका छौं। 

तपाईंको जिम्मेवारी भनेको दुवै पक्षलाई खुसी बनाउने वा न्यायको अनुभूति गराउने नै हो। कति अप्ठ्यारो रहेछ खुसी बनाउने काम? 
तल्लो तहका जनताको पहुँचमा न्याय सेवा पुगोस् भनेर नै न्यायिक समिति सुरुवात भएको जस्तो लाग्छ मलाई। जसको अदालतसम्म पहुँच हुँदैन र अदालत जानको लागि पनि नमिल्ने साना मुद्दामामिला र झगडा मिलाउनका लागि नै न्यायिक समितिले काम गर्ने हो। राज्यले पनि हामीलाई त्यही जिम्मेवारी दिएको छ।

अरुहरुले न्यायाधीश भनेको सुन्छु। तर हामी न्यायाधीशभन्दा पनि समन्वयकर्ता हौं। पैसा खर्च गर्न नसक्ने र लामो समय कुर्न पनि नसक्नेका लागि न्यायिक समिति प्रभावकारी बन्ने गरेको छ। त्योभन्दा महत्वपूर्ण कुरा गोपनीयताको हो। आफ्ना जनप्रतिनिधि र छिमेकीसँग भन्न सकिने कुरा वकिललाई भन्न नसकिने पनि हुन्छ। गोपनीयता भंग नहोस् र विश्वासका साथ न्याय मिलोस् भनेर नै न्यायिक समितिले काम गरेको हुन्छ। त्यसैले सबैलाई न्याय पाएको अनुभूति दिलाउने कुरा सामान्य होइन। त्यसका लागि हामीले धेरै समय लगाएर भए पनि न्यायोचित काम गर्ने गरेका छौं। 

दरबन्दीमा खुलाएभन्दा बढी कर्मचारी भर्ना गरेको भन्ने कुरा पनि छ नि… 
त्यो भएकै हो। केही गल्ती भएकै छन। त्यसलाई मिलाएर लैजानुपर्छ। तर कतिपय चाहिने कर्मचारी पनि राख्न सकिएको छैन। यसमा हरेक जनप्रतिनिधि र कर्मचारीको जिम्मेवारीले भूमिका खेल्छ। समस्या छन्, त्यसको समाधान बिस्तारै हुँदै जान्छ। 

प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  ०५:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीमा हालसम्म १४ सय ५१ शव फेला, ४६ सय ५५ जना अझै बेपत्ता सोमबार, असोज ५, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना सोमबार, असोज ५, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सोमबार, असोज ५, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, कृषिमन्त्रीले मौखिक प्रश्नको उत्तर दिने सोमबार, असोज ५, २०८३
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्