• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

स्थानीय तहको बेथिति : गाउँसभाले पारित गरेको योजना रकमान्तर गरी भ्रष्टाचार

महालेखाले पनि औंल्यायो गाउँपालिकाको त्रुटि
64x64
नेपाल लाइभ शनिबार, साउन १८, २०७६  १३:२५
1140x725

राजविराज- सप्तरीको बलान बिहुल गाउँपालिकामा रकमान्तर गरेर विकास निर्माणको काममा भ्रष्टाचार गरेको पाइएको छ। गाउँसभाले पारित गरेको आर्थिक वर्ष ०७४/७५ को योजनाको रकम अध्यक्षको तोक आदेशमा अन्य योजनामा खर्च गरिएको छ।

गाउँसभाले आव ०७४/७५ मा ‘टिकुलिया प्राविको बाउन्ड्री वाल (घेराबेरा)’ शीर्षकमा ५ लाख रुपैयाँ विनियोजन गरेको थियो। तर, आर्थिक वर्षको अन्तिम समयमा (असार १९ गते) योजना परिवर्तन गरी विद्यालयको प्रांगणमा माटो भर्ने काममा रकम खर्च गरिएको छ।

असार १९ गते योजना शाखामार्फत टिप्पणी उठाएर सोही मितिमा अध्यक्ष दयानन्द गोइतले योजना स्विकृत गरी कार्यादेश दिएका छन्। हरिलाल साहको अध्यक्षतामा गठित उपभोक्ता समितिले विद्यालयमा माटो भरेर कुल ५ लाख ३९ हजारको बिल भरपाई पेस गरेको छ।

प्राविधिक मूल्यांकन ४ लाख ८५ हजारमा ११ हजार ८ सय ३० रुपैयाँ आयकर कट्टी गरी गाउँपालिकाले असार २५ गते ४ लाख ७३ हजार १७० रुपैयाँ भुक्तानी गरेको छ।

ऐलानी जग्गाको माटो ल्याएर खरिदको भरपाई
उपभोक्ता समितिले पेस गरेको खर्च विवरणमा माटो खरिद ३ लाख ८८ हजार, ढुवानी ५० हजार र ज्यालामा १ लाख १ हजार खर्च देखाइएको छ। तर, उपभोक्ता समितिले माटो खरिद नै नगरेको र सो बापतको ३ लाख ८२ हजार १८० (करकट्टा गरी) भुक्तानी लिएको स्थानीयको आरोप छ।

गाउँमा खेतको माटो निकाल्दा बिक्री गर्ने प्रचनल नभएको र सोही शीर्षकमा गाउँपालिकाका कर्मचारी, पदाधिकारी र उपभोक्ता समितिको मिलेमतोमा अनियमितता गरिएको स्थानीय हरेराम साहले बताए। विद्यालय प्रांगणका लागि चकरघट्टीस्थित ऐलानी पोखरी तथा बेल्ही र बाबाजीगाछीस्थित निजी जग्गाबाट माटो ल्याइएको उनको भनाइ छ। 'माटो खरिदको पैसा पूर्ण रुपमा अनियमितता भएको छ। गाउँमा निजी खेतको माटो किनबेच गर्ने प्रचलनै छैन,’ साहले भने, ‘विद्यालयमा भरेको माटो पनि खरिद गरिएको होइन।’

Ncell 2
Ncell 2
nimb
nimb

उपभोक्ता समितिका अध्यक्ष हरिलाल साहले पनि विद्यालय प्रांगणमा भरेको माटो खरिद नगरिएको स्विकार गरे। तर, रकम अनियमितता नभएको उनको दाबी छ। ‘अन्य शीर्षकमा भएको खर्च माटो खरिदमा देखाइएको हो, अनियमितता भएको छैन,’ उनले जिकिर गरे।

गाउँपालिकाका प्रशासकिय अधिकृत महेशकुमार यादवले प्राविधिकको मूल्यांकनका आधारमा रकम भुक्तानी गरिएको बताए। ‘गाउँपालिकाले स्थलगत अनुगमन र प्राविधिकको प्रतिवेदनका आधारमा रकम भुक्तानी गरेको हो,’ उनले भने, ‘माटो भरेकै थियो, मूल्यांकन गर्दा जति देखियो, त्यति भुक्तानी भएको छ।’ 

गाउँपालिका अध्यक्ष गोइतले पनि माटो खरिद नभएको स्विकारेका छन्। रकमान्तर गरी बाउन्ड्री वालको काममा माटो भरिएको विषयमा भने गाउँसभाले दिएको अधिकार प्रयोग गरेको उनको दाबी छ। 

Xtrem

Xtrem

०७४/७५ को गाउँसभको निर्णय नं १३ को (ड) ले आवश्यकता अनुसार अध्यक्षले योजना परिवर्तन गर्न सक्ने अधिकार दिएको र सोही अनुसार बाउन्ड्री वालभन्दा खाल्टो पुर्ने काम महत्वपूर्ण देखिएकाले रकमान्तर गरेर काम गरिएको उनले बताए।

महालेखाले पनि औंल्यायो गाउँपालिकाको त्रुटि
महालेखा परीक्षकको कार्यालयले पनि विद्यालय प्रांगणमा माटो भर्ने काम गाउँपालिकाले सार्वजनिक खरिद नियमावली विपरीत गरेको ठहर गरेको छ। नियमावलीविपरीत अर्कैको स्वामित्वमा रहेको जग्गामा माटो भरिएको महालेखाको ठहर छ।

'सार्वजनिक खरिद नियमावली २०६४ को नियम ६ (३) मा निर्माण स्थलको व्यवस्था नभई निर्माण अथवा खरिद कारबाही गर्न नहुने व्यवस्था छ,’ महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा भनिएको छ, ‘गाउँपालिकाको स्वामित्व कायमविना नै सार्वजनिक जग्गामा संरचना निर्माण गरेको पाइयो।’

प्रतिवेदन अनुसार गाउँपालिकाले सोही प्रकृतिका १९ वटा योजनामा २६ लाख २० हजार रकम खर्च गरेको छ।

कार्यालयमा अख्तियारको छापा
सदरमुकामवाट करिब ५० किलोमिटर पश्चिममा रहेको गाउँपालिकाका पदाधिकारी र कर्मचारीको मिलेमतोमा विकास निर्माणका काममा चरम अनियमितता भएको उजुरी परेपछि असारको दोस्रो साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयमा छापा मारेको थियो।

तत्कालीन नेकपाका नेता अशोककुमार यादवले अनुगमन र छानबिन गर्न आयोगलाई आग्रह गरेका थिए। आयोगले शीर्षक अनुसार अनुसन्धान गरिरहेको छ।

उजुरीको आधारमा आयोगको इटहरीस्थित सम्पर्क कार्यालयका ७ सदस्यीय टोलीले अनुसन्धान थालेका छन्। गत असार ११ र १२ गते गाउँपालिका कार्यालय पुगेको टोलीले केही कागजपत्र समेत जफत गरी अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: शनिबार, साउन १८, २०७६  १३:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आश्विन कृष्ण औँसी: सोह्र श्राद्ध समापन गरिँदै
कांग्रेस १५औँ महाधिवेशन : बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
आश्विन कृष्ण औँसी: सोह्र श्राद्ध समापन गरिँदै शनिबार, असोज २४, २०८३
कांग्रेस १५औँ महाधिवेशन : बाँकी सबै पदाधिकारीको मतगणना आज दिउँसोदेखि सानेपामा शनिबार, असोज २४, २०८३
इजरायल ठगी प्रकरण: कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ शनिबार, असोज २४, २०८३
कांग्रेस १५औँ महाधिवेशन : सभापतिमा गगनकुमार थापा विजयी शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्