काठमाडौं- महिलालाई गोली हानी हत्यापछि जलाएर फरार भएका एक व्यक्तिलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६० वर्षका प्रेमबहादुर खुलाल मगर रहेका छन्।
२०५७ मंसिर २१ गते उदयपुरको साबिक त्रियुगा नगरपालिका वडा नं-९ खारखोलास्थित जंगलमा घाँस काट्न गएकी सप्तरीका धनवीर यादवकी श्रीमती ३५ वर्षीया किसनवती यादवको गोली हानी हत्या गरिएको थियो। हत्यापछि घटनास्थल नजिकै शवलाई जलाएर फरार भएकामध्ये प्रेमबहादुरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
सप्तरीको साबिक पश्चिकम पिप्राह वडा नं-९ बस्ने खड्गबहादुर मगरसमेत सिकार खेल्न गएका बेला उक्त घटना भएको थियो।
घटनामा संलग्नमध्ये प्रेमबहादुरलाई विशेष सूचनाको आधारमा निजकै घरबाट पक्राउ गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।