नुवाकोट- काठमाडौंसँग नुवाकोट जोड्ने बाटो निर्माणमा सरकारले तदरुकता नदेखाएको भन्दै नुवाकोटवासीले एक घन्टा सडक अवरुद्ध गरेका छन्।
वर्षाका कारणले टोखादेखि छहरे हुदै नुवाकोट जाने बाटो अवरुद्ध रहेको नुवाकोटका कांग्रेस जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले बताए। सोही सडकखण्डमा बाटो अवरुद्ध गरी स्थानीयले विरोध जनाएका थिए।
२० दिनअघि भौतिक योजनामन्त्री रघुवीर महासेठले साता दिनमा नुवाकोट प्रवेशको नाका खुलाउने वचन दिएका दिए।
‘७ दिनमा नुवाकोट प्रवेश गर्ने सबै नाका खोल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। तर हालसम्म कुनै प्रगति हुन सकेको छैन,’ केसीले भने।
लिखु-काठमाडौं सम्पर्क समितिसहित बिदुर, बेलकोटगढी, पन्चकन्या, तादी, तारकेश्वर सम्पर्क समितिले बाटो अवरुद्ध गरि सरकारलाई दबाब दिएका थिए। शनिबार बिहान बाटो अवरुद्ध गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।