• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

गजल सर्वव्यापी विधा हो, लै‌ंगिक होइन

64x64
नेपाल लाइभ शनिबार, साउन १८, २०७६  ०७:०५
1140x725

(म खासै बोल्न रुचाउन्नँ। मलाई सबैका कुरा सुन्न औधी मन पर्छ। गजल त झन् म सुनेरै अघाउन्नँ। पहिला सुनेर अघाए पो बोल्ने पेसामा लाग्नु। अनावश्यक बहसमा सहभागी भएर नभएको उर्जा नष्ट गर्नु खास जरूरी लाग्दैन। त्यसमाथि यतिबेला गजल लेख्‍ने शौख पनि छोडेर म अर्थोकै लेख्‍ने पेसामा लागेको छु। नअल्मलिनुस्! साहित्य लेखन होइन।

तर, कहिलेकाहीं केही कुराहरूले यसरी झक्झक्याउँछन्, कि नलेखी हृदय मान्दैन। त्यही अटेरी हृदयको झङ्कार हो यो लेख।)

000

कुरा त खासमा गजलबारे गर्न खोजेको हुँ। तर, सुरुवात चाहिँ संगीतबाट गर्दैछु।

यद्यपि म संगीतको ज्ञाता भने होइन। स्पष्ट होस् की संगीतको कुरा गर्न सक्ने मेरो हैसियत भन्दा परको कुरा हुन आउँछ। हैसियत नभएको कुरामा हात हाल्नु हाम्रो लागि सामान्य हो भन्ने कुराको प्रमाण खोज्‍न हाम्रो राजनैतिक वृत्तभन्दा टाढा जानु पर्दैन। त्यसो त नेपाली गजलको लगभग पूरै वृत्त पनि यसबाट अछुतो कहाँ छ र। यी सबै परिधिका बीचमा मैले पनि यसो गर्न किन नपाउनु त? भन्ने अर्थमा मेरा कुरा राख्न भने खोजेको होइन। मात्र विषयविज्ञ भन्दा पनि पाठकीय मतका लागि मात्रै यो उपस्थिति हो।

अझ भनौं संगीतलाई बुझ्न र सो बारेमा आफ्ना बुझाइ राख्न यसलाई कसरी महसुस गरिएको छ भन्ने अर्थ मेरा लागि सदैव माथि छ। यहाँ सोही शिराबाट मेरो बुझाइ राख्न खोजेको मात्रै हुँ। अतः संगीतको एउटा ‘सानो’ पक्ष(कतिपयलाई नलाग्न पनि सक्छ)को उठानका लागि मलाई संगीतज्ञ हुनु जरूरी पनि त छैन। त्यसमाथि मैले यो विषय उठान गर्दैगर्दा तपाईंलाई लाग्नसक्छ- 'अँ यो त मलाई पनि थाहा थियो।'

एउटा चर्चित गीत छ- 'बनेको छ पहराले यो छाती मेरो'। सार्वजनिक समारोहमा मात्रै होइन म जस्तो स्‍नानकक्षमा गुनगुनाउने अधिकांश नेपालीले रुचाउने राष्ट्रिय भावको गीत हो यो। यसलाई रचना गरे 'नेपालको छोरो' गोपाल योञ्जनले। लेखेनन् मात्रै, संगीत पनि भरे र आफैंले गाए पनि।

'छोरो'ले लेखेर गाए तापनि नेपालका छोरीहरूले पनि यस गीतलाई थुप्रै ठाउँमा गाएका छन्। यसको ‘कभर’ गीत युट्युबमा मस्तै सुन्न (हेर्न पनि) पाइन्छ। तर, उनीहरूको आफ्नै ‘भर्सन’मा। त्यस्ता ‘भर्सन’मा गीतमा भएको 'छोरो'को हत्या गरिन्छ र त्यसलाई प्रतिस्थापन गरिन्छ 'छोरी'ले। यहाँसम्म कि एउटा मास्के परिवारका आमा छोरीले गोपाल योञ्जनको लागि 'ट्रिव्युट' भनेर ‘कभर’ गरेर गाउँदा समेत गीतको लिंग परिवर्तन गरिदिएका छन्। अर्थात् उही 'छोरो'को सट्टा 'छोरी'को प्रयोग भएको छ। यहाँबाट महसुस गर्छु म लैंगिक चेतना।

Ncell 2
Ncell 2
nimb
nimb

छोरा र छोरी, महिला र पुरुष, श्रीमान् र श्रीमती आदि सबै बराबर हुन् भन्ने मान्यताको छुट्टै आन्दोलन छ। म त्यतातिर जाँदिनँ। तर, मेरो चेतनाले अरू थुप्रैले (झन्डै-झन्डै सबैले) स्वीकार गरेको एउटा विषयलाई आत्मसाथ गरेकोले होला मलाई पनि यही लाग्छ की संगीतको जात, रङ, सिमाना, भाषा वा लिंग हुँदैन। यो स्वीकारोक्तिलाई अवचेतन मनमा नै लिएर घुम्दो रहेछु। जति पनि बेला यो गीतको 'छोरी'वाला ‘भर्सन’ सुन्छु, मेरो यो चेतना सक्रिय भइहाल्छ। धेरैले सैद्धान्तिक रूपमा यस्तो स्वीकार गरेको भए पनि व्यवहारमा भने मैले यो सानो उमेरदेखि नै एकदम विरलै मात्र अनुभुत गर्न पाएको छु।

पुरुषहरूले गाएका कुनै पनि गीत महिलाले गाए भने गीतमा उल्लेख शब्दको लिंग परिवर्तन भइहाल्छ। यस्तो महिलाले गाएको गीत पुरुषले गाउँदा पनि हुन्छ। यहाँसम्म की कुनै पुरुषले लेखेको गीत कुनै नारीलाई गाउन दिइयो भने ‘ओरिजिनल’ गीत(रेकर्डिङकै समयमा पनि) कै लिंग पनि परिवर्तन गरिन्छ। यस्तो नारीले लेखेको गीत पुरुषलाई गाउन दिइयो भने पनि हुन्छ। गीतमा उल्लेख भएका शब्दको लिंग परिवर्तन गर्न हामी माहिर छौं। हामीमा लैंगिक चेतना गहिरोसँग बसेको छ। आखिर आन्दोलनको लागि मात्रै त हो- नारी पुरुष एक हौं।

महिला ‘भर्सन’मा सिर्जना भएका थुप्रै गीतहरू मेरो हृदयमा सानैदेखि नै बसे। 'यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर (माइतीघर)', 'उडुँ कि गुडुँ म, ए चरी सरर उड्न सिकाइदेउ, ठूली भएँ अब मलाई कुहिरोको घुम्टी झिकाइदेउ (आँधीबेहरी)', 'बाबाकी छोरी हुन्छु म, अर्को जुनीमा पनि (स्वर्ग)' लगायतका गीत जस्ताको तस्तै उतिबेला पनि धेरैपटक गुनगुनाएँ र आज पनि बेलाबेला उसरी नै लिंग परिवर्तन नगरिकन गाउँछु। याद आउँछ, सानैमा कोसिस गरेको थिएँ गीतको लिंग परिवर्तन गरेर गाउन- 'बाबाको छोरा हुन्छु म, अर्को जुनीमा पनि'। जति मजा ‘ओरिजिनल’ गाउँदा मिल्थ्यो, त्यसको आसपास पनि पुग्न सकेन ‘छोरा’ वाला ‘भर्सन’मा। गीतको मजा जति सब सत्यानास।

के अन्य भाषाका गीतमा पनि यस्तै प्रयोग पाइन्छ त? भारत र पाकिस्तानमा हिन्दी र उर्दू भाषामा लेखिएका केही गीतको चर्चा गर्छु।

Xtrem

Xtrem

भारतका गायक कैलाश खेर। उनले गाएका सर्वाधिक चर्चित मध्येका दुई गीत- ‘तेरी दिवानी’ र ‘सैयाँ’। पूरै गीतको शब्द र भाव प्रेमिकाका हुन् अर्थात् छोरीका। तर यसको 'ओरिजिनल भर्सन' नै गाए पुरुष कैलाश खेरले। त्यो मात्रै होइन, आजसम्म ज-जसले पुन: गाए/गुनगुनाए, पुरुष वा महिला, कसैले पनि यसको लिंग परिवर्तन गरेका छैनन्। यहाँसम्म की नेपाली गीतको लिंग परिवर्तन गरेर गाउने नेपाली गायकहरूले पनि यो गीत भने जस्ताको तस्तै गाउँछन्।

पाकिस्तानका उस्ताद नुसरत फतेह अली खानले गाएको गीतको प्रसंग पनि जोडौं। गीत हो- ‘आफरिन आफरिन’। भारतीय लेखक जावेद अख्तरले प्रेमिकाको शरीरको बयान गरेर लेखेको यो गीत सर्वाधिक ‘कभर’ गरिएको गीतमध्येमा पर्छ। पाकिस्तानकै अर्का चर्चित गायक राहत फतेह अली खानलगायत थुप्रै पुरुष गायकहरूले गाएको यो गीतको ‘कभर भर्सन’ युट्युबमा सुन्न/ हेर्न पाइन्छ। तर, छोरी मान्छेको शरीरको बयान गरिएको यो गीत थुप्रै गायिकाहरूले पनि गाएका छन्। ति सुन्नुभएको छ? रिदिप्ता शर्मा, वत्साला मेहरा आदिलाई खोजेर सुन्न सक्नुहुन्छ युट्युबमा।

यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन्। कम्तीमा मैले थाहा पाएको/ सुनेको छैन हिन्दी, पाकिस्तानी गीतका शब्दहरूको लिंग परिवर्तन गरिएको। थाहा पाउनुभयो भने कृपया मलाई पनि जानकारी दिनुहोला। कम्तीमा त्यस्तो 'अपवाद' केही रहेछ भने म पनि सुनुँ।

अब गजलमा प्रवेश गर्ने बेला भएको छ। उता जानुभन्दा पहिले थप एउटा हिन्दी भजनको पनि यहाँ उल्लेख गर्न मन लाग्यो। भजन हो- 'लागा चुनरी में दाग'। एउटी भक्तिनीले ईश्वरलाई सम्बोधन गरेको शैलीमा छन् यसका शब्दहरू। मुस्लिम परिवारमा जन्मेका पुरुष गीतकार, शायर शाहिर लुधियानवीले लेखेको यो हिन्दु भजन पुरुष गायक मन्ना डेले सन् १९६३ मा निर्मित बलिउड फिल्म 'दिल हि तो है'को लागि गाएका थिए। यो महिला भजन अधिकतम पुरुषहरूले नै पुन: गाएका छन्, जस्ताको तस्तै। यसको लिंग परिवर्तन गरेर गाइएको भए कस्तो सुनिन्थ्यो होला? 'लागा कुर्ते में दाग, छुपाऊँ कैसे?'

अतः संगीतको बारेमा यति कुरा भन्न मेरो श्रोतावाला मस्तिष्कले जोड गरेको हो।

000

लेखको मुल उद्देश्यमा प्रवेश गरौं। गजलका ज्ञाताहरूले दिनुहुनेछ, दिइरहनुभएको छ यसको परिभाषा। म भने झण्डै डेढ दशक जतिको गजलसँगको सामिप्यताको आधारमा ज्ञाताहरूको ज्ञानको सारबाट सानो अंश निकाल्न कोसिस गर्दैछु।

हिजोआज लैंगिक विषयमा समय-समयमा कुरा उठिरहनु हाम्रो लागि सामान्य जस्तै बनेको छ। विभिन्न क्षेत्र र त्यसको उपयोगिताका सन्दर्भमा उठ्ने गरेको छ यो विषय। साहित्यमा पनि लै‌ंगिक चेत नौलो कुरा होइन। मञ्चमा नारी स्रष्टाको उपस्थिति कम भयो, औपचारिकताको लागि मात्रै स्थान दिइयो, बहसमा सहभागी गराइएन, नारीको शरीर/ सुन्दरतालाई हेरेर मात्र मौका दिइयो, साहित्यमा नारीलाई खेलौनाको रूपमा मात्र देखाउन खोजियो, यस्तै धेरै आवाजहरु सुनिँदै आएका छन्। जब समग्र साहित्यमा यी कुराहरू उठिरहेका छन् भने एउटा गजल विधा मात्रै कसरी अछुतो रहन सक्छ र?

सायद यसकै उपज मान्न सकिन्छ होला केही दिनदेखि बहसमा रहेको विषय- 'नारीले गजल नलेख्‍नु!'

मतलब निषेध!? मतलब बहिष्कार!? मतलब एकलौटी!? मतलब जबरजस्ती!?

यसका लागि आधार दिइएको छ- 'गजल भनेको नारीसँगको वार्ता हो'। अर्थात् पुरुषले नारीसँग गर्ने वार्ता। गजलको उत्पत्ति हुँदा गजलको यही परिभाषा थियो रे। पुरुषहरूले नारीको सौन्दर्यको व्याख्या गर्न, उनीहरूप्रति प्रेम दर्शाउन, उनीहरूलाई फकाउन, यस्तै-यस्तै।

‘गजाला’ शब्दबाट गजल बनेको भनिए जस्तै गजललाई 'गाजल' बनाएर ‘गजल गाजल नलगाउनेले लगाउनेहरूको लागि मात्रै लेख्‍ने हो’ भन्न खोजिएको होला। की गिजलगाजल गर्न खोजिएको हो? गजलको उत्पत्ति भएको भनिएको छैठौं/सातौं शताब्दीसम्म त म पुग्न सक्दिनँ। तर १३औं शताब्दीसम्म पुग्ने कोसिस गर्दैछु।

१३औं शताब्दीसम्म पुग्नुभन्दा पहिले गजल बन्नको लागि चाहिने दुई प्रमुख तत्वबारे चर्चा गरौं।

बिम्ब र प्रतीक
बिना बिम्ब र प्रतीक गजल त बन्दै बन्दैन होइन र? कि बन्छ? होइन भने कुन-कुन बिम्ब, प्रतीक पुरुषले मात्रै प्रयोग गर्ने भन्ने कुनै शास्त्रमा उल्लेख गरिएको छ र? कि लेख्‍न छुटेको कुरा अब लेख्‍न खोजिएको हो?

बिम्ब, प्रतीकलाई पुरुषले र नारीले प्रयोग गर्ने भनेर कसरी वर्गीकरण गर्ने? गुलाफ नारी बिम्ब, काँढा पुरुष बिम्ब! चन्द्रमा नारीको प्रतिक, सूर्य पुरुषको। पृथ्वी नारी र आकाश पुरुष। सागर नारी अनि हिमाल पुरुष! प्रयोगात्मक रूपमा हेर्ने हो भने यिनीहरूलाई यस्तै मानिँदै आएको छ। यदि गजल पुरुषले मात्रै लेख्‍ने हो भने यी बिम्बहरूलाई पनि अलग्याएर पुरुषलाई जिम्मा दिनुपर्‍यो र यो कुरा पनि स्पष्ट गरिदिनु पर्‍यो कि गजल बन्नको लागि पुरुषले कुन-कुन बिम्ब वा प्रतीकको मात्र प्रयोग गर्ने।

गजल : सर्वव्यापी विधा
अब प्रयोगको कुरा गरौं। जब बिम्ब वा प्रतीकको प्रयोग गरेर गजल सृजना हुन्छ, त्यो स्वतः सर्वव्यापी हुन्छ। त्यसको असर, अर्थ पाठक वा स्रोताअनुसार फरक-फरक हुन सक्छ। एउटै बिम्ब, एउटै सेरलाई देशभक्त व्यक्तिले आफ्नै तरिकाले बुझ्न सक्छ। राजनीतिक कार्यकर्तामा उसको आफ्नै किसिमको भावना पैदा भइदिन सक्छ। एउटा पागल प्रेमीले आफ्नै तरिकाले बुझ्न हुन्छ। प्रेमिकाले प्रेमीलाई भन्न सक्ने कुरा पनि त्यही हुन सक्छ। त्यही बिम्ब बुवाआमासँग गएर पनि जोडिन सक्छ। अब कसैले गजललाई कुनै लिंग विशेषमा अल्झ्याउन खोज्यो भने उ कति सफल होला?

भारतीय शायर बशीर बद्रको एक सेर छ-

उजाले अपनी यादों के हमारे साथ रहने दो,
न जाने किस गली में जिन्दगी कि साम हो जाए।

कि यसलाई गजल होइन भन्नु पर्‍यो कि यो पुरुषले नारीलाई भनेको कि नारीले पुरुषलाई भनेको प्रष्ट पार्न सक्नु पर्‍यो। यो त ऐरे-गैरेले लेखेको भन्न मिल्ने छुट पनि यहाँ छैन। बशीर बद्रलाई छोड्ने हो भने कि हिन्दी भाषामा गजल नै छैन भन्न सक्नुपर्छ कि यसको इतिहास त्यहींनेर सकिन्छ।

यो सेरलाई त म यति सर्वव्यापी देख्छु कि जहाँ लगेर राखिदिए पनि ‘फिट’ हुन्छ। टाढा हुँदै गरेका जसले जसलाई भनिदिए पनि हुन्छ। प्रेमीले प्रेमिकालाई, प्रेमिकाले प्रेमीलाई त भन्न मिल्छ नै। आमाले छोरालाई र छोराले आमालाई पनि भन्न मिल्छ। साथीले साथीलाई, गाउँलेले गाउँलेलाई, विद्यालयबाट बिदा भएर जाँदै गरेका विद्यार्थीहरूलाई सम्बोधन गरेर शिक्षकले पनि सुनाउन मिल्छ यो सेर। मैले चाहिँ यो सेर मेरी बहिनी पहिलो पटक परदेश जाने बेला सुनाएको थिएँ।

अर्को एउटा गजल छ-

तुमको देखा तो यह खयाल आया
जिन्दगी धूप तूम घना साया

तूम चले जाओगे तो सोचेंगे
हमने क्या खोया, हमने क्या पाया

भारतीय शायर जावेद अख्तरले लेखेको यो गजल म त्यतिबेला खूब सुन्थें र गुनगुनाउथें, जतिबेला म कसैको प्रेममा डुबेको थिएँ। यस गजलका पूराका पूरा सेर मेरै प्रेमका कुरा उनलाई सुनाउनको लागि लेखिएको जस्तो लाग्थ्यो। तर, केही समयपछि यसको थप अर्को आयामको म साक्षी बस्न पाएँ।

२०६४ मा बहिनीको बिहे भयो। बिहेको दिन दिनभर मेरो मस्तिष्कमा यही गजल गुन्जिरह्यो। यस्तो महसुस भइरहेको थियो कि यो गजलका प्रत्येक सेर बहिनीको बिदाइको लागि नै लेखिएका हुन्। गजल सर्वव्यापी हुँदोरहेछ भन्ने मैले यतिबेला नै महसुस गरेको हुँ।

यही समयमा तपाईंलाई लाग्नसक्छ- ‘यी त अहिलेका गजलहरूको उदाहरण भयो। पहिले-पहिले त पुरुषले नारीको व्याख्या गरेर मात्रै लेख्थे गजल।’ १८औं/१९औं शताब्दीतिर गजलको व्यापकता कस्तो थियो होला? आउनुस् केही चर्चा गरौं।

हिन्दी, उर्दू तथा नेपाली गजलका जानकार डा सनतकुमार वस्तीले अक्सर सम्झिने एउटा सेर छ शायर तथा बादशाह बहादुर शाह जफरको–

उम्रे दराज मांग कर लाए थे चार दिन
दो आरजू में कट गए दो इंतजार में

के यसलाई लिंग भेद गरेर देखाउन सकिएला?

त्यही समयका अर्का शायर मिर्जा गालीब। गजल धर्म हो भने गालीब तीर्थ। यसमा त शंका नहोला नि! गालीब लेख्छन्-

हजारों ख्वाहिसें ऐसी, के हर ख्वाहिस पे दम निकले
बहुत निकले मेरे अरमान, लेकिन फिर भी कम निकले

के यसमा पनि पुरुष पात्र र महिला पात्र छुट्याउन सकिएला त?

अर्को सेर-

हमने माना के तगाफुल (धोका) न करोगे लेकिन
खाक (खरानी) हो जाएगें हम तुमको खबर होने तक

सकिन्छ भने गरौं यी सेरको लिंगभेद। म चाहिँ सक्दिनँ।

यो समयभन्दा पनि पर जान सकिन्छ। मीर तकी मीरसम्म। १८औं शताब्दीको लगभग मध्यतिर। मीर मात्रै एक यस्ता शायर हुन् जसलाई 'काव्यका ईश्वर' (खुदा-ए-सुखन) भनिएको छ। यो मैले होइन साक्षी प्रकाशनद्वारा सन् २०१४ मा प्रकाशित ‘दीवान-ए-मीर’ का सम्पादक आचार्य सारथी रूमीले भनेका हुन्। मीरको एउटा सेर–

पहुँची सायद जिगर तक आतिश-ए-इस्क
अश्क है अब शरार के मानिन्द
(पुग्यो सायद प्रेमको आगो छातीसम्म
आँसु छ अब आगोको झिल्का जस्तो)

मीर, एक पुरुषले लेखेको यो सेर कुनै प्रेमिकाले आफ्नो प्रेमीलाई सुनाउँदा मिल्ला कि नमिल्ला? तपाईं पनि सोच्न सक्नुहुन्छ।

यही क्रममा १३औं शताब्दीसम्म जाऊँ। उर्दू भाषाका प्रथम कवि मानिएका अमीर खूशरोसम्म पुगौं। उर्दूमा लेखिएको (यद्दपी यसमा फारसी भाषा पनि ‘फ्युजन’ भएको छ) पहिलो मानिएको (पक्का पहिलो हो कि होइन भन्न सक्दिनँ तर मैले केही ठाउँमा यसलाई पहिलो उर्दू गजल भनिएको पढेको छु) गजल 'जिहाल-ए-मिस्किन'को एउटा सेर नै हेरौं-

चो शमा सोजान, चो जर्रा हैरान, हमेशा गिरयान बे इश्क आं मेह
न नींद नैना, ना अंग चैना, आ आप आवें न भेजें पतियां
(भर्भराउँदो यो मैन जस्तै, व्याकुल छु म प्रेम अग्नीमाथि,
न आँखामा नीद, न अंग चंगा, न आँफै आउनु, न पत्र लेख्‍नु)

(यो अनुवाद इन्टरनेटमा भेटिएको अङ्ग्रेजी अनुवादलाई आधार बनाएर गरिएको हो। नत्र म फारसी, उर्दू भाषाको ज्ञाता होइन भन्ने प्रष्ट पार्न चाहन्छु।)

यसलाई सकिन्छ लिंग भेद गर्न? लेख्‍न त लेखेका हुन् पुरूष शायरले। गाउन पनि पुरुष र महिला दुवैले गाएका छन्।

अमीर खूशरोकै अर्को गजल हेरौं। ‘छाप तिलक सब छीनी रे मोसे नैना मिलाइके।’ यो गजल कति र क-कसले गाएका छन् भन्ने थाहा पाउने हो भने गीतहरूको लिंग परिवर्तन गरेर गाउनेहरू आफैँलाई आफैँप्रति खेद लाग्छ होला। त्यसमाथि यसमा प्रयोग भएका शब्द र भावलाई नियाल्ने हो भने गजल पुरुषको मात्रै सम्पत्ति हो भन्नेलाई पनि जवाफ मिल्छ।

अमीर खुशरोले आफ्ना आध्यात्मिक गुरू हजरत निजामुद्दिन औलियाप्रति समर्पण गरेर रचना गरेको यो गजल प्रेमिकाको भाषामा लेखिएको छ-

‘खुसरो’ निजाम के बल बल जाए
मोहे सुहागन कीनी रे मोसे नैना मिलाइके

यसलाई लता मंगेशकर, आशा भोंसलेले त गाएका छन् नै। उस्ताद राहत फतेह अली खानले पनि शानसँग गाएका छन्– ‘मोहे सुहागन किनी रे मोसे नैना मिलाइके।’

अरू?

अब यो भन्दा पनि पर गजलको उत्पति भएको भनिएको छैठौं/सातौं शताब्दीसम्म पुगेर उदाहरण ल्याउन त म सक्दिनँ। तर यति चाहिँ भन्न सक्छु कि त्यतिबेलाका गजलहरू पनि पुरुषले नारीलाई मात्रै भनिएको अर्थ खुल्ने गरी लेखिएका थिए भनेर कसैले पनि ठोकुवा गर्न सक्दैन।

‘गजल’ र ‘नेपाली गजल’ भनेर पनि वर्गीकरण गर्न खोजेको भेटिएकोले नेपाली गजलको उदाहरण नदिऊँ कि झैं लागेको छ। त्यसमाथि लेख पहिले नै लामो भइसकेको छ। तैपनि नेपाली भाषाका प्रथम मानिएका गजलकार मोतीराम भट्टको गजलको एक सेर मात्रै लिन्छु-

मलाई हिजोसम्म क्या-क्या छकाए
यहाँ आज ती कुन्नी के गर्न आए

मोतीराम भट्ट अर्थात् एक पुरुषले रचना गरेका हुन् भन्ने बिर्सिएर यसको लिंग छुट्याउनुस् र भन्नुस् यो पुरुषले नारीलाई भनेको हो कि नारीले पुरुषलाई? अनि त्यसपछि भन्नुस् गजल नारीले नलेख्‍नु भनेर।

गजल जस्तो सर्वव्यापी विधालाई खुम्च्याउन खोज्नु सर्वथा गलत सोच हो। कुनै पनि कुरालाई सिधा-सिधा व्याख्या गरेर गजल बन्दै बन्दैन। कुनै पनि गजल विज्ञको राय लिई हेर्नुस्। र जब बिम्ब र/वा प्रतीकको प्रयोग गरेर सांकेतिक रूपमा केही भनिन्छ, त्यो स्वतः सर्वव्यापी बन्छ।

बरु कहिलेकाहीँ गीत हुन सक्छ प्रेमीले प्रेमिकालाई भन्ने अलग्गै वा प्रेमिकाले प्रेमीलाई भन्ने अलग्गै। अझ म त अधिकांश गीतहरू पनि लिंगभेद गर्न नसकिने जस्तो पाउँछु। केवल कोमाथि दृश्यांकन गरिएको छ भन्ने कुराले मात्रै निर्धारण गर्छ त्यस्ता गीतको लैंगिकता। गीतलाई मात्रै हेर्ने हो भने त त्यसको पनि लिंगभेद हुँदैन।

एक उदाहरण- 'परदेशी परदेशी जाना नहीं, मुझे छोडके, मुझे छोडके।'

यो परदेशी पुरुष मात्रै हुनुपर्छ भन्ने कुन शास्त्रमा लेखेको होला?

नेपाली भाषामा पनि यस्ता धेरै गीत भेटिन्छन्। जस्तो कि- 'चोट के हो, व्यथा के हो म जस्तो घाइतेलाई सोध।'

गायक अरुण थापाले गाए भन्दैमा चोट पुरुषलाई मात्र लाग्छ भन्न सक्नुहुन्छ र?

किन भनियो होला गजललाई पुरुषले नारीको लागि लेख्‍ने भनेर?
किनभने उबेला पुरुषले मात्रै लेख्थे। नारीहरू घरभित्र खुम्चिएर बसेको इतिहास नेपालको मात्रै होइन। अरबी, फारसी, उर्दू साहित्यको इतिहास पढ्नेहरूले कतै भेट्टाएको जस्तो लाग्दैन मलाई महिला साहित्यकारको बारेमा लेखिएको। त्यसमाथि मुस्लिम धर्मको परिधिमा यस्तो सोच्नु पनि गलत हुन्छ होला, त्यसमाथि त्यो बेला।

म धेरै टाढासम्म त पुग्न सक्दिनँ। तर भारतका प्रसिद्ध कवि, गीतकार, गजलकार, निर्देशक गुलजारले निर्देशन गरेको शायर मिर्जा गालिबको जीवनीमा आधारित टेलिशृङ्खला ‘मिर्जा गालीब’बाट केही कुरा चर्चा गर्न सक्छु। शायर तथा बादशाह बहादुर शाह जफरको दरबारमा नियमित आयोजना हुने मुसायरामा एकजना पनि महिला देखिन्नन्। न शायरको रूपमा न स्रोताको रूपमा।

मुसायरामा मात्रै किन। पूरै शृङ्खलामा देखाइएको त्यो बेलाको दृश्यमा जति पनि महिला देखिएका छन्, सबै घरेलु काममा मात्रै प्रयोग भएको दृश्यांकन गरिएको छ। कहीं कतै कुनै पनि कामकाजी महिलाको उपस्थिति देखिँदैन। एउटा ‘तबायफ’को पेसा छोडेर। र ति तबायफको काम हो पुरुषले सृजना गरेका गीत/ गजल गाउनु। पुरुषले सृजना गरेका गजल नारीले गाउँदा कस्तो सुनियो होला?

‘मिर्जा गालीब’मा गाइएका सबै गजलहरूमा गायक/संगीतकार जगजित सिंहले संगीत भरेका हुन् र आधाभन्दा बढी गजलमा आवाज चित्रा सिंहको छ। रचना त भन्नै परेन- मिर्जा गालीबको। यी गजलहरू सुन्दा छुट्याउन सकिन्छ पुरुषको भाव मात्रै भनिएको हो भनेर?

यह न थी हमारी किस्मत के विशाल-ए-यार होता
अगर और जिते रहते, यहिं इन्तजार होता।
(यो गजल पाकिस्तानी गायिका अबीदा परबिनको आवाजमा सुन्नुभएको छ? मलाई सबैभन्दा बढी मन पर्ने ‘भर्सन’ हो यो।)

जब पुरुषले मात्रै साहित्य सिर्जना गर्थे भने लेखिएका सबै सिर्जनाको अर्थ नारीलाई गरिएको सम्बोधन हो जस्तो लाग्नु स्वाभाविक हो। तर, जब गजलमा बिम्बको प्रयोगलाई हेरिन्छ तब यो कुनै पनि कोणबाट पुरुषले नारीको लागि मात्रै व्यक्त गरेको अभिव्यक्ति हो भन्न सकिँदैन।

जतिबेला नारीले लेख्दै लेख्थेनन्, त्यतिबेलाको कुरालाई ‘नारीले लेख्‍नै हुँदैन’ भन्ने बुझेर गजल जस्तो सर्वव्यापी विधालाई साँघुरो बनाउन खोज्नु विद्वता होला कि अनभिज्ञता? निर्णय गर्ने जिम्मा तपाईंको।

अन्त्यमा,
सन् १९५७ मा पहिलोपटक अन्तरिक्ष यात्रामा पठाइयो 'लाइका' नाम गरेको एउटा कुकुरलाई। यसैलाई आधार बनाएर, नारीले लेख्‍ने गजललाई अर्कै नाम दिने ‘विज्ञ’लाई अर्को एउटा विद्वताको काम दिऊँ।

कुकुरबाट सुरु भएको अन्तरिक्ष यात्रामा जाने पहिलो मानव युरि गागरिन, पहिलो महिला भ्यालेन्टिना टेरेस्कोभा र त्यसपछिका तमाम अन्तरिक्षयात्री र यात्रालाई अवैधानिक घोषणा गरेर अब उपरान्त अन्तरिक्षमा मान्छे जान पाइँदैन भन्ने नयाँ सिद्धान्त बनाउने काममा लाग्ने कि? वा कथम् कदाचित् कोही गइहालेमा ति यात्रा र यात्रीलाई कुनै नयाँ नाम दिने कि?

प्रकाशित मिति: शनिबार, साउन १८, २०७६  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्