काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको आदेश, महावीर गोल्यान १० लाख धरौटीमा रिहा, अन्य आरोपीलाई थुनामा राख्ने उच्चको आदेश सर्वोच्चद्वारा सदर।
२) प्रधानमन्त्रीद्वारा लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सम्पन्न गर्न कोषलाई निर्देशन, बुद्ध जयन्ती र बौद्ध सम्मेलनको तयारीबारे कोषले गर्यो ब्रिफिङ।
३) अर्थमन्त्री खतिवडाद्वारा आर्थिक गतिविधिको अडिट छुट्टै ढंगले गर्न महालेखालाई आग्रह, बेरुजु असुली गर्न सरकार प्रतिबद्ध रहेको भनाइ।
४) पेपे कीर्तिमानी मूल्यमा आर्सनलमा आबद्ध, ७२ मिलियन पाउन्डमा ५ वर्षका लागि सम्झौता।
५) व्यापार वार्तामा चीनले अलमल गरेको भन्दै अमेरिकी राष्ट्रपतिद्वारा चिनियाँ सामानमा करवृद्धि गर्ने घोषणा, विश्वसनीय सम्झौता नभए २५ प्रतिशतसम्म पुग्ने।
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।