काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले द्वन्द्वकालमा बेपत्ता पारिएका बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन गर्न बनाइएको आयोगसँग छलफल गरेको छ।
आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोलीले बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगका सचिवकृष्णजीवी घिमिरे तथा कर्मचारीहरूसँग छलफल गरेको हो।
बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगको कार्यालयमा बिहिबार भएको भेटघाटमा आयोगमा हालसम्म दर्ता भएकाउजूरीहरू, उजूरीउपर भएको प्रारम्भिक तथा विस्तृत छानविनको अवस्था, उजूरी फाइलहरूको व्यवस्थापन र सुरक्षा अवस्थाको अवलोकन गरेको बताइएको छ।
छलफलको क्रममा दुबै आयोगहरूबीच संक्रमणकालीन न्यायको व्यवस्थापनमा एक आपसमा समन्वय र सहकार्यबाट अगाडि बढ्ने विषयमा समेत छलफल भएको मानवअधिकार आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।