जनकपुर- खाल्डोमा जमेको पानीमा डुब्दा रौतहटमा एकै घरका दाजुबहिनीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सर्लाहीको हरिपुर नगरपालिका ४ का सञ्जय साहका छोराछोरीको ११ बर्षका अनिश साह र ८ बर्षकी कल्पना साह रहेका छन्।
सर्लाही घर भइ बुवासंँग रौतहट बस्दै आएका दुबै दाजुबहिनीको चन्द्रपुर नगरपालिका ९ डुमरियामामा इँटा उद्योगले बनाएको खाल्डोमा खेल्न जादा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतकको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपर अस्पतालमा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले पानी जमेका खाल्डा खुल्डीमा बालबालिकालाई नपठाउन र पौडी खेल्न नदिन तथा निगरानीमा राख्न अभिभावकसँग आग्रह गरेको छ।
घर बाहिरका खाडल, पोखरी तथा नदीहरुमा पानीको मात्रा बढी रहेकोले आफ्ना बालबालिकालाई निगरानीमा राख्न र विशेष ध्यान दिन समेत आग्रह गरिएको रौतहटका डीएसपी नविन कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।