जनकपुर- महोत्तरीमा एक जंगली हात्ती मृत अवस्थामा फेला परेको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत गौशाला नगरपालिका-१०, लक्ष्मीनिया चोकभन्दा करिब ३ किलोमिटर दक्षिण ढुलन खोलाको छेउमा मृत अवस्थामा एक हात्ती फेला परेको हो।
उक्त जंगल सागरनाथ वन विकास परियोजनाअन्तर्गत ब्लक नम्बर १४ 'बी'मा पर्छ।
डिभिजन वन कार्यालय महोत्तरीका हेमन्त प्रसाद शाहका अनुसार मंगलबार दिउँसो मृत अवस्थामा एक हात्ती फेला परेको हो। जंगलमा दाउरा लिन गएका स्थानीयले देखेर वनका कर्मचारीलाई खबर गरेका थिए।
मृत अवस्थामा हात्ती फेला परेको थाहा पाए पछि घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान गर्दा हात्ती एकदिन अगाडि नै मरेको हुनसक्ने शाहले आकँलन गरे।
हात्तीको पोस्टमार्टमका लागि चितवन राष्ट्रिय निकुञ्जबाट विशेषज्ञ टोली महोत्तरी पुगेर अनुसन्धान गरेपछि मात्रै कारण थाहा हुने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।