काठमाडौं- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा छुट्टै ‘विपद् व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गरेका छन्।
मुख्यमन्त्री राउतले विर्षा, गर्मी र हिउँदको मौसमको सबैभन्दा बढी मारमा प्रदेश २ पर्ने गरेको उल्लेख गर्दै ती समस्या समाधानका हुने गरी छुट्टै ‘विपद व्यवस्थापन प्राधिकरण’ गठन गर्ने घोषणा गरेका हुन्।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले त्यसका लागि ‘विपद व्यवस्थापन ऐन’लाई तत्काल संशोधन गरेर अघि बढ्ने योजना पनि अघि सारेका हुन्।
मुख्यमन्त्री राउतले वर्षामा बाढी र डुबान, हिउँदमा चिसो र गर्मीमा हुरी, बतास र आगलागीका कारण प्रदेश दुईमा सबैभन्दा बढी जनजनको क्षति हुने भएकाले त्यसलाई नियन्त्रण गर्न प्राधिकरण गठन गरेर अघि बढ्न लागिएको पनि स्पष्ट पारे।
मुख्यमन्त्री राउतले संघीय सरकारले नदीहरुको तटबन्ध निर्माणको काममा बेवास्ता गरेका कारण तराईका जिल्ला बाढी र डुबानको मारमा पर्नु परेको पनि स्मरण गराएका थिए।
मुख्यमन्त्री राउतले सरकारको कामकारबाही अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
उनले तत्काल प्रदेश २ को सत्ता समीकरण परिवर्तन हुने सम्भावना नरहेको पनि बताएका थिए।
संचारमाध्यममा आएजस्तो प्रदेश २ को सत्तासमीकरण परिवर्तन हुने अवस्था नरहेको उनको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।