

सिन्धुपाल्चोक- फोहोर ब्यबस्थापन गर्न नसक्दा मेलम्ची नगरपालिका दुर्गन्धित हुँदै गएको छ । स्थानीय तह आएपछी ठूलो परिवर्तन हुन्छ भनेर आस गरेका स्थानीयहरु निरास बन्दै गएका छन्। फोहोर ब्यबस्थापन गर्ने भनेर मेलम्ची वडा न ११ को बाङ्गेसिम्मलको खोलाको बगरमा लगेर फोहोर फाल्न थालेको बर्ष कटेकाे छ तर अझै अन्य स्थान प्रयाेग गर्न सकेको छैन । तीन महिनामा हामी ब्यबस्थापन गर्छौ भनेका वडा अध्यक्ष रुद्रप्रसाद दुलालले तर आज यत्रो समय बित्दा पनि केही गर्न नसकेकाे स्थानीय रामबहादुर खड्काले बताए । काठमाडौमा प्रधानमन्त्री लगाएत मानिसहरु खोलाको किनारको फोहोर उठाएर सफा गर्दै हिड्छन हाम्रोमा नगरपालिका आफै खोला किनारमा फोहोर फालेर दुर्गन्धित बनाउछन उनले भने । बार्षिक लाखौ रुपया फोहोरको नाममा उठाएर काम केही नगरेको स्थानीयहरुको गुनासो छ । बजारको ढल निकासा गर्न नसक्दा सडकमा फोहोरको लेदो पसेर दुर्गन्धित हुँदै गएको छ । वडा अध्यक्ष लगाएतको घर अगाडि ढल ब्यबस्थापन नहुदा बजारमा दुर्गन्धित फैलिएको भन्दै स्थानीय सरन चलिसेले सामाजिक सन्जालमा गुनासो पोखेका छ्न । ढल ब्यबस्थापन गर्न पटक पटक जानकारी गराउदा समेत केही नभएको उनको भनाई छ । नगरपालिकाले कर मात्र उठाउने तर बजार ब्यबस्थापनमा कुनै चासो नदिएको स्थानियहरुको गुनासो रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।