काठमाडौं- कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत १६ वैशाख देखि सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो।
नतिजा अनुसार ३ हजार ६७ जनाले उच्चतह ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन्। नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थीमध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेको राष्ट्रिय परिक्षा वोर्डले जनाएको छ। ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना रहेको छ। परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिकतर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए।
ग्रेडिङ पद्दतिअनुसार ९ वटा तहको ग्रेडअनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो। ३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन्।
२.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना रहेको छ। सबैभन्दा धेरै विद्यार्थीले मध्यमस्तरको जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ। २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना रहेका छन्। १.६१ देखि २.०० जीपीएल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन्। ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए।
आंशिकतर्फ ४१.८३ प्रतिशतविद्यार्थी उत्तिर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जनाए। ५७ हजार १ सय ७० परीक्षार्थीले आशिंकतर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जनामात्र उत्तिर्ण भएकाहुन्। बोर्डले गतवर्ष देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार प्रकाशित गर्न थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।