रोल्पा- जंगलमा उम्रिएको विषालु च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको ज्यान गएको छ।
रोल्पाको पूर्वी भेगमा पर्ने लुंग्री गाउँपालिका ६ गुम्चालका एकै परिवारका तीन जनाको ज्यान गएको हो। अमरसिंह बुढाथोकीका श्रीमती, छोरा र छोरी गरी ३ जना रहेका छन्।
मृत्यु हुनेमा २५ वर्षीया कर्मली बुढाथोकी, ७ वर्षीया सुनिता बुढाथोकी र ३ वर्षीय पुस्कल बुढाथोकी रहेको स्थानीय जेबी विष्टले जानकारी दिए।
घरनजिकै जंगलबाट आमा कर्मलीले लिएको च्याउ परिवारका ३ सदस्यले खाएको र सोही च्याउका कारण उनीहरुको मृत्यु भएको उनले बताए।
साउन ८ गते च्याउ खाएर बिरामी परेका तीनै जनालाई उपचारका लागि भीम अस्पताल रुपन्देही लगिएको थियो।
प्रहरीका अनुसार पुस्कलको ११ गते, सुनिताको १२ गते र कर्मलीको १३ गते मृत्यु भएको हो।
उपचारका लागि अस्पताल लैजादै गर्दा पुस्कल र सुनिताको बाटैमा मृत्यु भएको थियो भने कर्मलीको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ।
घरमुली अमरसिंह बुढाथोकी भने वैदेशिक रोजगारीमा छन्। (प्रतीकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।