काठमाडौं– धनुषाको क्षिरेश्वर नगरपालिका–४ पलाई फ्याकट्रिस्थित सडकमा गाडी र टेम्पो ठोक्किँदा चार जनाको ज्यान गएको छ।
ना १ ज ७०२२ नम्बरको गाडी र ज १ ह ४८९६ नम्बरको टेम्पु आपसमा ठक्कर खाँदा टेम्पुमा सवार ४ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेहरुमा क्षिरेश्वर नगरपालिका–४ बस्ने ७२ वर्षीय रामदेव साह, सिरहा बस्ने ४० वर्षीया रेखा यादव, टेम्पु चालक क्षिरेश्वर नगरपालिका–४ कुमरौल बस्ने २४ वर्षीय रोशन साह र सोही नगरपालिका हंसपुर मल्हनिया बस्ने २२ वर्षीय संजय साह रहेका छन्।
उनीहरुमध्ये रामदेव र रेखाको घटनास्थालमै तथा गम्भीर घाइते भएका रोशनको मेडिकल कलेज रमदैया र संजय साहको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।
फरार गाडी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।