राजविराज– मालपोत कार्यालय सिरहाका एक जना नायव सुब्वा र लेखापढी व्यवसायीलाई सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
नायव सुब्वा ४२ वर्षीय मिथिलेश ठाकुर र लेखापढी व्यवसायी ५० वर्षीय राजवंसी चौधरीलाई ५ हजार घुससहित अख्तियारले पक्राउ गरेको हो।
बर्दीबासस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले मोहीसम्बन्धी समस्या समाधानका लागि भन्दै सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरी निरीक्षक राजु भन्डारी नेतृत्वको टोलीले थप अनुसन्धानका लागि भन्दै दुवै जनालाई बर्दिवास लगेको जानकारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।