सिरहा- पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। सिरहा नगरपालिका–३ मख्ना बस्ने मनोज दासकी छोरी १२ वर्षीया काजलकुमारी दासको मृत्यु भएको हो।
घाँस काट्न जान्छु भन्दै हिँडेकी काजलको मख्नास्थित पोखरीमा शव फेला परेको प्रहरीले जनाएको छ।
यसअघि पोखरीमा डुबेर अर्नामा गाउँपालिका–४ लक्ष्मीपुरमा विमल यादवका १० वर्षीय छोरा दीपक र छोरी ७ वर्षीया नन्दनीको मृत्यु भएको थियो।
घरबाट खेल्न निस्किएका दाजुबहिनी फर्किर नआएपछि खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला परेका थिए। दुवै घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।