लहान– सिरहामा प्रहरीले लागुऔषधसहित एक जना पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बरियारपट्टीबले बरियारपट्टी गाउँपालिका–३ का २९ वर्षीय विश्वास प्रभात यादवलाई पक्राउ गरेको हो। शंकास्पद अवस्थामा फेला परेका यादवलाई चेकजाँच गर्दा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
यादवको साथबाट नाइट्रोभेट–४५ पिस, नाइट्रोजन–४० पिस, नुरफिन तथा डाइजिपाम, फेनरागन लगायतका लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।