काठमाडौं- न्याय परिषदले सैनिक विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश तेजबहादुर कार्कीलाई सिफारिस गरेको छ। सोमबार बसेको परिषदको वैठकले कार्कीको नाम सिफारिस गरेको हो। न्याय परिषदको सिफारिसमा नेपाल सरकारले उच्च अदालतको न्यायाधीशलाई सैनिक विशेष अदालतको अध्यक्ष नियुक्त गर्ने व्यवस्था रहेको छ।
सोही व्यवस्था अनुसार नियुक्त गर्नका लागि परिषदले कार्कीको नाम मन्त्रीपरिषद्मा पठाएको हो। सेनाका मुद्दा हेर्न अलग्गै अदालत गठन हुने कानुनी व्यवस्था छ। उक्त अदालतका उच्च अदालतको न्यायाधीश अध्यक्ष, रक्षा मन्त्रालययको सचिव सदस्य र प्राड विभाग प्रमुख सदस्य हुने गर्दछ।
सैनिकका मुद्दा यो अदालतले फैसला गर्नेछ। कोर्ट मार्सलका मुद्दाहरु त्यहाँबाट किनारा भएपछि चिक्त नबुझेमा सर्वोच्चसम्म आउन पाइने कानुन व्यवस्था छ।
सैनिक ऐन विपरीतका कार्य कुनै पनि सैनिकले गरेमा उक्त अदालतले मुद्दा फैसला गर्दै सजायसम्म सुनाउने सक्नेछ। त्यस विरुद्ध सर्वोच्चमा पुनरावेदन गर्ने अधिकार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।