राजविराज– पोखरीमा डुबेर सिरहामा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ।
अर्नामा गाउँपालिका–४ लक्ष्मीपुरका बिमल यादवका १० वर्षीय छोरा दिपक र छोरी ७ वर्षीया नन्दनीको डुबेर मृत्यु भएको हो।
घरबाट खेल्न निस्किएका दाजुबहिनी फर्किर नआएपछि खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
घटनाको अनुसन्धान पनि भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।