काठमाडौं- बालाजुस्थित हिमालय सिटी सेन्टरको आठौं तलाबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको फलेवास–७ का ५७ वर्षीय युक्तप्रसाद श्रेष्ठ छन्।
आठौं तलाबाट खसेको अवस्थामा फेला परेका उनलाई दिउँसो २ बजे पिपल्स अस्ताल पठाइएकोमा अस्पतालले मृत घोषणा गरेको महानगरीइ प्रहरी वृत बालाजुका प्रहरी निरीक्षक ईश्वर थापाले जानकारी दिए।
मृतक श्रेष्ठ अवकाश पाएका नायव सुब्बा भएको प्रहरीले जनाएको छ। उनले आत्महत्या गरेका हुन् या अन्य कारणले खसेर मृत्यु भएको हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।