जनकपुरधाम- मनि ट्रान्सफरको रकम चोरी गर्ने २ जनालाई धनुषाको इलाका प्रहरी कार्यालयको गस्ती टोलीले शनिबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको सहिद नगरपालिका-३, गोठकुहाका ११ वर्षीय गोविन्द यादव र सोही वडाका २८ वर्षीय रामुु यादव छन्। पक्राउ परेका यादवले यदुकोहास्थित पारस मनि ट्रान्सफरको सटरको ताल्चा फुटाई टेबुलको घर्राबाट ३ लाख ३९ हजार ५ सय रुपैयाँ रकम चोरी गरेको जनाइएको छ।
रकमसहित शङ्कास्पदरूपमा हिँडिरहेको अवस्थामा गोविन्द यादवलाई गस्ती टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रकमसहित पक्राउ परेका गोविन्दलाई इलाका प्रहरी कार्यालय यदुकोहाबाट चोरी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान कार्य सुरू गरिएको छ।
त्यस्तै, अनुसन्धानका क्रममा सोही घटनामा शङ्कास्पद देखिएका रामु यादवसमेतलाई नियन्यणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।