काठमाडौं- रसुवाको गोसाइकुण्ड गाउँपालिका-२ तातोपानी डाँडामा पहिरोले गाडी किच्दा २ जनाको मृत्यु भएको छ। काठमाडौंका लागि छुटेको ना१ज ७८२४ नम्बरको टाटा सुमो गाडी पहिरोमा पुरिएको थियो।
गाडीमा रहेका दुई जना यात्रुको पहिरोले पुरिएर मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन्। उनीहरूको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेको थप उपचारका लागि हेलिकोप्टरमा काठमाडौं पठाउन लागिएको प्रहरीले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।