• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

प्युठान प्रहरीको दाबी– ९५ प्रतिशत घटनाको सफल अनुसन्धान

64x64
नेपाल लाइभ शनिबार, साउन ११, २०७६  १०:३२
1140x725

प्युठान- –गत जेठमा पैसा संकलन गरी शाखा कार्यालयमा लैजाँदै गर्दा सूर्योदय लघुवित्तमा कार्यरत एक कर्मचारी दिनदहादै लुटिइन्। जंगलमा बाटो ढुकेर बसेका ४ जनाको लुटेरा समूहले उनीसँग भएको ३ लाखभन्दा धेरै रकम लुटेर फरार भएको थियो। 

पीडितले महिलाले प्रहरीलाई खबर गरिन्। बाक्लै संख्यामा प्रहरी परिचालन भए। प्युठान प्रहरी प्रमुख (डिएसपी) निर्मल बुढाथोकी आफैं लुटेरा समूहको खोजीकार्यमा खटिए। चौबीस घन्टा नबित्दै नगदसहित लुटपाट घटनामा संलग्न लुटेरालाई समात्न प्युठान प्रहरी सफल भयो। 

– नेपाल प्रहरीको सम्पूर्ण स्रोतसाधन परिचालन गर्दा पनि पक्राउ पर्न सकेका थिएनन्, विज्ञान केसी हत्याकाण्डका मुख्य अभियुक्त रमेश मल्ल। उनलाई पक्राउ गर्न डिएसपी बुढाथोकीले एउटा टिम गठन गरी सूक्ष्म अध्ययन गरिरहेका थिए। अन्तत: ६ वर्षदेखि फरार अभियुक्त मल्ललाई बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँबाट प्रहरीले गत माघमा पक्रन सफल भयो। जिल्ला अदालत प्युठानको ०७२ भदौ २८ को फैसलाअनुसार दोषी ठहर भएका मल्ललाई १९ वर्ष ११ महिना ५ दिन कैद सजाए भएको छ। हाल उनी कारागारमा सजाए काटिरहेका छन्। 

छुरा प्रहारबाट विधार्थीको हत्या भएपछि त्यतिबेला प्रहरीको चर्को आलोचना भएको थियो। स्थानीयहरू आन्दोलनमा समेत उत्रिए। बुढाथोकी नेतृत्वको टिम अनवरत रुपमा अपराधीको खोजीमा लागिरहेको थियो। अन्तत प्रहरीलाई ढिलो गरी सफलता प्राप्त भएको छ। 

–त्यस्तै गत पुसमा गौमुखी-६ मा कुलोमा पानी हाल्न गएका बेला कोदालोले हानेर गणेश घर्ती मगरको हत्या भयो। हत्या आरोपी २६ वर्षीय वीरबहादुर खत्री फरार भएर काठमाडौं पुगे। प्रहरीले पिछा गरिरहेको थियो। घटनाको तीन दिन नबित्दै उनलाई प्रहरीले समातेर प्युठान ल्याउन सफल भयो। 

OOO

०६९ मा प्युठानको  गौमुखीमा घटेको बहुचर्चित विज्ञान हत्याकाण्डदेखि बलात्कार, लुटपाटमा संलग्नलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल डिएसपी बुढाथोकी नेतृत्वको टिम त्यसपछि जनताको नजरमा पर्न सफल भएको छ। 

प्यूठान प्रहरीले ९५ प्रतिशत घटनाको सफल अनुसन्धान भएको जनाएको छ। आर्थिक वर्ष २०७५/७६ मा प्रहरी कार्यालयमा परेका विभिन्न प्रकृतिका २ सय १५ मुद्दामध्ये ९५ प्रतिशत घटनाको सफल अनुसन्धान गर्न सफल भएको प्युठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले दाबी गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘प्युठान प्रहरीले अधिकतम सफलता हासिल गरेको छ,’ उनले भने,  'यो सबै सफलता हात पर्नुमा प्रहरीका साथै जिल्लाबासीको महत्वपुर्ण सहयोग छ।’ 

प्रहरीका अप्ठ्यारा
प्रहरीमा उजुरी दिने र गाउँघरमै मिलापत्र गर्ने, प्रहरीसँग बयान फेर्ने गरेको उनको अनुभव छ। यो एक वर्षमा प्रहरीमा २ सय १५ वटा मुद्दा दर्ता भए। जम्मा १ सय ३२ जना प्रतिवादी पक्राउ परे। गत आवका तुलनामा यस वर्ष २५ प्रतिशतले मुद्दा दर्ता कम भएको प्युठान प्रहरीको तथ्यांक छ। 

आव ०७४/०७५ मा २ सय ८७ वटा मुद्दा दर्ता भएका थिए। यो अवधिमा १८ जबर्जस्ती करणीका छन् भने ५ वटा करणी उद्योगका छन्। १३ बहुविवाह र ६ वटा बालविवाहका मुद्दा छन्। कर्तव्य ज्यानसम्बन्धी ५ वटा लगायतका गरी २ सय १५ घटना जिल्ला प्रहरीमा दर्ता भएको तथ्यांक छ।

प्रहरीमा घरेलु हिंसाका ८६ निवेदन आए भने प्रहरीकै सक्रियतामा ५३ वटा बालविवाह रोकिए। जम्मा २ सय १५ मुद्दामा १ सय ५३ मुद्दा फर्स्यौट भइसकेका छन् भने ६२ वटा बाँकी छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयमार्फत प्रहरीले यस वर्ष ३७ लाखभन्दा बढी राजस्व असुली गरेको छ। गत आवमा प्राकृतिक विपत्तिबाट ९ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांक छ। 

Xtrem

Xtrem

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमलाई प्रहरीले टोलटोलसम्म पुर्‍याएको छ। यो अभियान विद्यालयसम्म पनि पुगेको छ। 

२१ वर्षअघि स्वीकृत भएको तर स्थापना हुन नसकेको प्युठानको दुर्गम क्षेत्र दाङबाङ प्रहरी चौकी स्थापना भएको छ। 

ओभरलोड हालेर आतंक मच्चाउने टिप्परमाथि समेत प्युठान प्रहरीले कारबाही प्रक्रिया बढायो। अपराध गरेर संसारको जुनसुकै कुनामा गएर लुके पनि अपराधीलाई कानुनी कठघरामा उभ्याउन नेपाल प्रहरी सक्षम छ भन्ने गतिलो सन्देश डिएसपी बुढाथोकी नेतृत्वको टिमले दिएको छ। 

एकवर्षे कार्यकाल बिताएर सरुवा भएका डिएसपी बुढाथोकी गत साउन २५ गते जिल्ला प्रहरी कार्यालय प्युठानको नेतृत्व सम्हाल्न आएका हुन्। जिल्लामा शान्तिसुरक्षा कायम गर्न प्रहरीले गरेका सफल अनुसन्धान र भुमिका तारिफयोग्य रहेको प्युठानबासी बताउँछन्।

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  १०:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ?
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द शनिबार, असोज २४, २०८३
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ? शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्