काठमाडौं- गत वर्ष आजैको दिन बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको आत्माको चीर शान्तिको कामना गर्दै नेपाली कांग्रेसको भातृ संस्था नेविसंघको प्राविधिक विद्यार्थी परिषद् (फोट्स)ले आज माइतिघर मण्डलामा दीप प्रज्ज्वलन कार्यक्रम गरेको छ।
निर्मलाको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भई त्यसको भोलिपल्ट घर नजिकैको उखुबारीमा शव भेटिएको थियो। निर्मलाको हत्या भएको पहिलो वार्षिकीमा उनको आत्माको चीर शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको फोट्सका अध्यक्ष सुवाश घिमिरेले बताए।
घटनामा संलग्न व्यक्तिलाई हालसम्म पनि कानुनी कठघरामा ल्याउन नसकिएको अवस्थामा सरकारमाथि दबाब दिन पनि कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ।
कार्यक्रममा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले, नेपाल महिला संघकी महासचिव धना खतिवडा, विद्यार्थी नेताहरु राम प्रसाद अधिकारी, बलदेव तिमल्सिना, सुशील भट्टलगायतका नेता, कार्यकर्ता तथा विद्यार्थीहरुहरुको सहभागीता रहेको विद्यार्थी नेता ईश्वर अधिकारीले जानकारी दिए।
कार्यक्रममा निर्मलाले न्याय कहिले पाउने नामक बोर्ड राखिएको थियो।
निर्मला हत्याको एक वर्ष भइसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुँदै आएको छ।
तस्बिरहरुः






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।