काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरूः
१) नेपाल र चीन सरकारबीच हवाई सम्झौता पुनरावलोकन, उपत्यकाबाहिर २८ सहित अब सातामा ९८ वटा उडान हुने।
२) निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्षसम्म पनि दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघको प्रदर्शन, गृहमन्त्रीविरुद्ध चर्को नाराबाजी।
३) सवारी दर्ता नवीकरण जरीवानामा प्रदेश ३ सरकारलाई सर्वोच्चको कारण देखाऊ आदेश, कानुन निर्माणमा कमजोरी भएको स्वीकार्दै संशोधनको तयारी।
४) टी-२० विश्वकपको एसिया छनोटमा कुवेत १० रनले तथा सिंगापुर ८ विकेटले विजयी, शनिबारको खेलमा नेपाल कुवेतसँग भिड्दै।
५) अमेरिकामा मृत्युदण्ड पाएकाहरुको सजाय १६ वर्षपछि कार्यान्वयन हुँदै, ५ कैदीको मृत्युदण्डका लागि मिति तोकियो।
अब हेरौं पूरा समाचारः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।