काठमाडौं– पर्सामा एक बालिकाको शव फेला परेको छ। जगरनाथपुर गाउँपालिका–२ दसौतास्थित ओरिया खोलाको किनारमा बालिकाको शव फेला परेको हो।
बिहीबार साढे ८ बजे पर्सा प्रहरीले चिन्न नसक्ने अवस्थामा सडेगलेको अन्दाजी १२र१३ वर्षकी बालिकोको शव फेला पारेको हो। बालिकाको पहिचान हुन सकेको छैन।
घटनास्थलमा जाँच मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।