काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) रअका प्रमुख र प्रधानमन्त्री ओलीबीच कुनै भेट नभएको सञ्चारमन्त्रीको दाबी, कुहिरीमण्डलको खेतीमा नरुमल्लिन मेनस्ट्रिम मिडियालाई आग्रह। (रअ प्रमुखबारे बेखबर)
२) सरकारको काम, कारबाहीको समीक्षा गर्न नेकपा वरिष्ठ नेता माधव नेपालको माग, जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा जोड। (सरकारको समीक्षा गर्न माग)
३) ज्येष्ठ नागरिकले स्वेच्छा अनुसार सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गर्न कांग्रेसको प्रस्ताव, पालनपोषण गर्नेलाई सम्पत्ति हकदाबी गर्ने अधिकार दिनुपर्ने नेकपा संसाद पाण्डेको तर्क। (ज्येष्ठ नागरिक)
४) युरोपियन च्याम्पियन्स लिग फुटबलको छनोट खेलमा स्कटल्याण्डद्वारा इस्टोनिया पराजित, ५-० गोल अन्तरको फराकिलो जित। (युरोपियन च्याम्पियन्स)
५) र, नवनियुक्त बेलायती प्रधानमन्त्री बोरिस जोन्सनद्वारा मन्त्रीमण्डल गठन, ब्रेक्जिट पक्षधर नेताहरुको बाहुल्य। (मन्त्रीमण्डल गठन)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।