राजविराज- खाँडो खोलाको बाढीमा बेपत्ता भएका सप्तरीका एक व्यक्ति २७ घण्टापछि मृत फेला परेका छन्। खोलामा दाउरा टिप्न भेलमा पसेका रुपनि गाउँपालिका–१ का ३५ वर्षिय नसिर मियाँको बिहीबार साढे १ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
राजबिराज नगरपालिका- १५ स्थित खाडो खोलाको किनारमा उनको शव भेटिएको डिएसपी भावेश रिमालले जानकारी दिए।
सप्तकोशीको बाढीमा बेपत्ता भएका तिलाठी कोइलाडी गाउँपालिका- ४ का बालेश्वर मुखियाको अवस्था भने अझै अज्ञात छ। स्थानीयका अनुसार नदी किनारमा भैंसी चराउन गएका बेला मुखियालाई बाढीले बगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।