काठमाडौं– घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय, दोलखामा कार्यरत खरिदार पुष्कर अधिकारी घुससहित पक्राउ परेका छन्।
अधिकारीले होटल व्यवसाय दर्ता गरिदिने भन्दै ४ हजार घुस लिँदै गरको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो।
उनले अन्य सेवाग्राहीबाट पनि घुस लिएका थिए। यसरी लिएको घुस आफ्नो क्वार्टरमा राखेको भन्ने सूचना पाएपछि अख्तियारले उनको कोठासमेत खानतलासी गरेको थियो।
कोठाबाट घुसवापतको ७३ हजार ९ सय ५० रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।