काठमाडौं- विज्ञहरुले आयातित खाद्यान्नको विषादी परीक्षणलाई विश्वसनीय बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
रसायनशास्त्री निरञ्जन पराजुली र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक टिकाबहादुर कार्कीले आयातित खाद्यान्नको विषादी परीक्षणबारे सर्वसाधारणलाई विश्वास गर्न लायक बनाउन सरकारसँग आग्रह गरेका हुन्।
बुधबार काठमाडौं आयोजित एक कार्यक्रममा बोल्दै रसायनशास्त्री पराजुलीले खाद्य प्रयोगशालाको उचित व्यवस्था गरेर आयातित खाद्य वस्तु विषादीरहित रहेको विश्वास सर्वसाधारणलाई गराउन पनि सरकारको ध्यानाकर्षण गराए।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक कार्कीले पनि आयातित खाद्य वस्तुको विषादी परीक्षणका लागि आवश्यक क्षमताको विकास तत्काल गर्न सरकारलाई सुझाव दिए। उनले विश्व व्यापार संगठनको सदस्य भएको नाताले नेपालले भारतबाट आएको खाद्य वस्तुको आन्तरिक रुपमा पनि विषादी परीक्षण गर्न पाउने स्पष्ट पारे।
कार्कीले नेपालबाट भारतमा निर्यात भएका अलैंचीलगायतका वस्तुहरुको विषादी पुनः परीक्षण हुने भएकाले नेपालले पनि भारतबाट आयातित वस्तुहरुको परीक्षण गर्न सक्ने स्मरण समेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।