काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) संसदमा बाढी पहिरोसम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल, भारतले नेपाललाई हेपिरहँदासमेत सरकार मौन रहेको कांग्रेस सभापति देउवाको आरोप।
२) कर्मचारीको आधिकारिक ट्रेड युनियन खारेज नहुने प्रधानमन्त्री ओलीको भनाइ, ‘सरकार दिमाग र कर्मचारी हातखुट्टा भएको’ तर्क।
३) आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक, ५० लाखभन्दा धेरैको ऋणमा प्यान अनिवार्य।
४) एसियाली छनोटको दोस्रो खेलमा नेपालको शानदार जित, मलेसिया ७ विकेटले स्तब्ध, ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतक।
५) र, काश्मीर विवादमा मध्यस्थता गरिदिने बारे ट्रम्पको बयानमा भारतको खण्डन, सबै विवाद दुई देशबीचको आपसी छलफलबाट टुंग्याइने स्पष्ट।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।