काठमाडौं- पहिरोमा परेर घाइते भएका गुल्मीका दुई बालिकालाई परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उपचारका लागि काठमाडौं ल्याएका छन्।
सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेकमा मंगलबार गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको थियो भने २ जना बेपत्ता भएका थिए। १० वर्षीय करिस्मा त्रामू र १३ वर्षीय धनी त्रामू भने घाइते भएका थिए।
मन्त्री ज्ञवालीसँगै उद्धार तथा राहत वितरणका लागि गएका गृह मन्त्रालयकी सहसचिव इन्दू घिमिरे तथा नेपाली सेनाका कर्णेलद्धय प्रताप बोहरा र ऋषि अधिकारीसहितको टोलीले दुई बालिकालाई उपचारका लागि काठामाडौं ल्याइ पुर्याएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।