कञ्चनपुर- कैलालीको सुक्तिकाँडा नदीको नहरमा नुहाउने क्रममा एक बालकको डुबेर मुत्यु भएको छ।
जिल्लाको घोडाघोडी नगरपालिका-१ बेलारगाउँको रजबढुवा नहरमा डुबेर १६ वर्षीय किशोर नवराज न्यौपानेको मुत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशीले जानकारी दिए।
बालकको दिउँसो ४ बजे साथीहरूसँग नुहाउने क्रममा नहरमा डुबेर मुत्यु भएको हो। दैलेख जिल्ला चामुण्डा बिन्दासैनी नगरपालिका-८ का नवराज फुपूकोमा आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।