काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आर्थिक अवस्था कमजोर भएका एक विद्यार्थीको संरक्षकत्व लिएका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भएका झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठानका सागरविक्रम जिसीलाई उनले पढाउने भएका हुन्।
उनलाई पढाइका लागि काठमाण्डौँको क्यानभास इन्टरनेशनल कलेज बसुन्धारामा भर्ना गरिएको छ । अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा समचार आएपछि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको संरक्षकत्व लिएर भर्ना गरेका हुन्।
पढ्दा लाग्ने सवै शुल्क र आवासको खर्च निःशुल्क गराइएको छ । शुल्क र आवासमा गरी दुईवर्षका लागि लाग्ने चार लाख ४० हजार रुपैयाँ निःशुल्क हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।