• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर ८, २०८३ Tue, Nov 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

संरक्षणको पाठ नेपालबाट सिक्न चाहन्छौं : चीन 

64x64
नेपाल लाइभ बुधबार, साउन ८, २०७६  १४:१४
1140x725

काठमाडौं- नेपाल र उत्तर छिमेकी चीनबीच आगामी दिनमा वन तथा वातावरण संरक्षण र पर्यावरणीय सन्तुलन कायम गर्नेबारेमा भइरहेका प्रयासबारे अनुभव आदान–प्रदान गर्ने काम भएको छ।

यस्तै दुई मुलुकबीच वन, वातावरण, वन्यजन्तु तथा समग्र जैविक विविधताको व्यवस्थापनका साथै वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा समेत छलफल भएको छ। 

चिनियाँ अधिकारीहरूले नेपालले संरक्षण क्षेत्रमा जनसहभागितामा आधारित नमुना कार्यक्रमहरू सञ्चालन गरिरहेकोमा प्रशंसा गर्दै आफूहरू त्यसबाट सिक्न इच्छुक रहेको बताएका छन्। 

नेपाल भ्रमणमा रहेको चिनियाँ जनकांग्रेस (संसद)को वातावरण तथा स्रोत संरक्षण समितिका अध्यक्ष काओ हुछङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बुधबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर नेपालको अनुभवबाट आफूहरू सिक्न इच्छुक रहेको बताएको हो। 

टोली नेता हुछङले आफूहरू संरक्षण क्षेत्र र राष्ट्रिय पार्कसम्बन्धी नयाँ कानुनको मस्यौदा ड्राफ्ट गर्ने प्रक्रियामा रहेको र त्यसैका लागि अनुभवबारे बुझ्न नेपाल आएको बताए। ‘वन, वातावरण, वन्यजन्तु संरक्षण र पर्यायवरणको क्षेत्रमा नेपालले धेरै राम्रो काम गरेको छ’, हुछेङले भने, ‘हामी तपाईंहरूको अनुभवबाट सिक्न आएका हौं, हाम्रो देशमा कानुन बनाउँदा तपाईंहरूले गरिरहेको अभ्यासलाई समेट्ने योजनामा छौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

चीन नेपालभन्दा भूगोलका आधारमा ठूलो भए पनि दुई देशबीच सदैव समानता, सह–अस्तित्व र भातृत्वमा आधारित सम्बन्ध रहेको चर्चा गर्दै उनले वातावरण संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा समेत नयाँ सहकार्यको जरुरी देखिएको औंल्याए।

चिनियाँ कम्युनिस्ट पार्टीको १८औं महाधिवेशनमा राष्ट्रपति सि चिनफिङले पर्यावरण विचारधारा प्रस्ताव गरेको र त्यसले चीनमा मात्र नभई संसारभरि कसरी पर्यावरणीय सन्तुलन कायम राख्ने भन्ने दिशानिर्देश गरेको उल्लेख गरे।

वन तथा वातावरणमन्त्री बस्नेतले नेपालको वन तथा वातावरण, संरक्षण क्षेत्र, निकुञ्ज र आरक्षका छुट्टाछुट्टै कानुनी व्यवस्था र नियमावलीहरूका व्यवस्थाबारे चिनियाँ टोलीलाई अवगत गराए। उनले राष्ट्रिय निकुञ्जहरूबाट भएको आम्दानीको ५० प्रतिशत हिस्सा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयका लागि खर्च गर्ने गरिएको जानकारी दिँदै त्यसले संरक्षणमा स्थानीयको सहभागिता र  स्वामित्व सुनिश्चित गरेको बताए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

मन्त्री बस्नेतले पृथ्वीको सुरक्षा र प्राणी जगतको हित विश्वको अनिवार्य दायित्व भएकाले त्यसमा नेपाल–चीन सहार्य जरुरी रहेकामा जोड दिए। राजनीति, कूटनीति, अर्थनीति तथा पर्यावरणलाई एकाकार गर्नुपर्ने उनको भनाइ थियो।

नेपाल ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ विकासको अभियानमा जुटेको भन्दै मन्त्री बस्नेतले त्यसमा सहयोग गर्न चीनलाई आग्रह गरे। ‘हामी समृद्ध नेपाल, सुखी नेपाली अभियानमा छौं’, बस्नेतले भने, ‘यसमा राष्ट्रिय सीमाभन्दा बाहिरको सहयोग र सहकार्य जरुरी छ, हामी चीनसँग सहकार्य गर्न चाहन्छौं।’  मन्त्री बस्नेतले हरित ग्यास उत्सर्जनमा नेपालको भूमिका नगण्य अर्थात ०.०२७ प्रतिशत रहेको भए पनि त्यसबाट अति प्रभावितको सूचीमा रहनु दुःखद विषय भएको उल्लेख गरे। 

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईको निमन्त्रणामा नेपाल आएको चिनियाँ जनकंग्रेस टोलीले यसअघि सभामुख कृणबहादुर महरासँग शिष्टाचार भेट गरेको थियो। 

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  १४:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पक्राउ गर्न हतकडी लिएर आउन सरकारलाई गगनकाे चुनाैति
महिला क्रिकेटमा आर्मीको विजयी सुरुवात, कोशी प्रदेश ६ विकेटले पराजित
लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति
सम्बन्धित सामग्री
बालेन–मोदीले उद्घाटन गरेको अयोध्या—जनकपुर एक्सप्रेस रेल जनकपुरधाममा, यात्रुहरुको भव्य स्वागत यात्रुहरुलाई निःशूल्क पानी, नास्ता, भोजन, स्वास्थ्य परीक्षण, मन्दिर दर्शन गराइएको छ । मंगलबार, मंसिर ८, २०८३
पटक–पटक भूकम्प, ओलाङचुङगोलाका स्थानीय त्रासमा राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका तथ्यांक अनुसार ताप्लेजुङको ओलाङचुगोला केन्द्रविन्दु भएर पटक पटक भूकम्प जाने गरेको छ । मंगलबार, मंसिर ८, २०८३
भूमि प्रशासनको काम गर्न स्थानीय तहलाई परिपत्र भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालनमा आए नागरिकलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ । शुक्रबार, मंसिर ४, २०८३
ताजा समाचारसबै
पक्राउ गर्न हतकडी लिएर आउन सरकारलाई गगनकाे चुनाैति मंगलबार, मंसिर ८, २०८३
महिला क्रिकेटमा आर्मीको विजयी सुरुवात, कोशी प्रदेश ६ विकेटले पराजित मंगलबार, मंसिर ८, २०८३
लोकसेवाको र त्रिविको प्रवेश परीक्षा एउटै दिन राखिएको भन्दै अखिल क्रान्तिकारीको कडा आपत्ति मंगलबार, मंसिर ८, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी हुने सहमतिले लुम्बिनीमा उत्साह मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
नेपाललाइभ कार्टुन सोमबार, मंसिर ७, २०८३
बंगलादेश फर्कन शेख हसिनाले मागिन् सरकारसँग राष्ट्रिय ध्वजावाहक विमान मंगलबार, मंसिर ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्