काठमाडौं- मौसम प्रतिकूलताका कारण पोखरालयायत ५ प्रमुख विमानस्थलमा उडान तथा अवतरण हुन सकेको छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार अहिले पोखरा, सिमरा, तुम्लिङटार र लुक्ला विमानस्थलमा उडान तथा अवतरण बन्द भएको छ।
बिहान मौसमका कारण बन्द भएको विराटनगर, भद्रपुर र जनकपुरधाम विमानस्थलमा भने उडान सुचारु भइसकेको विमानस्थल कार्यालयले जनाएको छ।
मौसम खराबीका कारण आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडानमा भने केही समस्या नरहेको क्षेत्रीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।