• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नागनागिनको कथा सुनाइने मधुश्रावणी पर्व, जसमा नवविवाहिता बगैंचाका फूल टिप्छन्

64x64
नेपाल लाइभ बुधबार, साउन ८, २०७६  १३:४७
1140x725

जनकपुर- जनकपुरसहित मिथिलाञ्चल क्षेत्रमा यतिबेला मधुश्रावणी पर्वको रौनक छाएको छ।

मिथिलाञ्चल क्षेत्रमा साउन कृष्णपक्ष (मौना) पञ्चमी तिथिदेखि साउन शुक्ल तृतियासम्म मधुश्रावणी पर्व मनाइन्छ। सामाजिक र सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनसँग समेत जोडिएको छ।‍ विवाहको पहिलो वर्ष आफैं सरिक भई धुमधामसँग मनाइने यो पर्व त्यसपछिका वर्षमा भने कथा सुन्ने/सुनाउने परम्परा छ।

यस पर्वमा नवविवाहिता मैथिली पुत्री गीत गाउँदै श्रीमान्‌ले ल्याएको वा पठाएको फरिया, लेहंगा लगाएर खुसीसाथ फूलबारीमा फूल टिप्छन्।

मधुमासका रूपमा मनाइने साउन महिनालाई धार्मिक पर्वका रुपमा पनि लिइन्छ। नागनागिन र प्रकृतिको प्रतिकका रुपमा मुख्यतः शिव, पार्वती तथा नागनागिनको पूजामा केन्द्रित रही १३ दिनसम्म यस पर्वलाई मनाउने परम्परा छ।

साउन महिनाको मौना पञ्चमीदेखि सुरु भई तृतीया तिथिका दिन समापन हुने यो पर्व मैथिली समुदायका ब्राह्मण, कायस्थ, देव, सोनार जातिमा मनाइने गरिएको पाइन्छ। पर्वको अवधिभर प्रत्येक दिन गौरी तथा नागनागिनको पूजा गरी शिव, पार्वती र नागसँगै सम्बन्धित कथा सुनाउने गरिन्छ।

गौरीले दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र होइन मनोकामना पूर्ण गर्ने देवी भएको कुरा गीतको माध्यमबाट व्यक्त गरिन्छ। सो क्रममा मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान मर्यादा पुरुषोत्तम श्रीरामजस्ता पति पाइन् भन्ने उदाहरण दिइन्छ।

विधिविधानका साथ पर्वकालभरि प्रत्येक दिन गौरी नागको पूजनपछि कथा सुन्ने विधानअनुसार पहिलो दिन मौनापञ्चमी एवं विसहराको जन्मका कथा भनिन्छ, जुन नाग उत्पत्तिको कथा हो।

Ncell 2
Ncell 2
nimb
nimb

यस पर्वको अन्तिम दिनको कथा समापनपछि वितरण गरिने अंकरी र चनालाई सुहागको प्रतीकका रुपमा लिइन्छ। पूजनकालमा केंचुआ (धान, धूवो धनियाँ, बेसार, ल्वाङ, जाइफल, हर्रो, बर्रो र सुपारीको पोका) को प्रयोग यसै पर्वको मंगलागौरीको कथा प्रसंगबाट प्रेरित भएको पाइन्छ।

पर्वको अन्तिम विधि ‘टेमी’मा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ। यो विधि सामान्य अर्थमा अव्यवहारिक, अन्धविश्वासी, रुढिवादी परम्परामा आधारित रहेको स्वीकारे पनि मैथिली समुदाय भने डाम्दा हुने पीडा जत्तिकै दाम्पत्य जीवनमा पर्नसक्ने दुःख, कष्ट, पीडा खप्नसक्ने हुनुपर्दछ भन्ने अर्थमा अर्थ्याइएको पाइन्छ। पछिल्लो समय यस्ता विधिलाई निरुत्साहित गरिनुपर्छ भन्ने समेत आवाज उठ्न थालेको छ।

यसरी मनाइन्छ मधुश्रावणी पर्व

मिथिलामा माता गौरीलाई अटल सौभाग्य प्रदान गर्ने देवीको रूपमा पूजा गर्ने चलन छ। मधुश्रावणी पर्वका लागि व्रतालु (नवविवाहिता महिला) श्रावण कृष्ण चतुर्थीको दिन नुहाइधुवाइ गरी चोखो हुने गर्छन्।

Xtrem

Xtrem

सोही दिन दिउँसोमा नवविवाहिता महिलाहरूका साथै टोलछिमेकका अन्य महिलाहरू मिथिलाका विभिन्न लोकगीतहरू गाउँदै, हाँसिमजाक गर्दै फूल टिप्न जाने गर्दछन्, जसलाई मिथिलामा 'फूललोढी' भन्ने गरिन्छ। टिपिएका फूल तथा बेलपत्रहरू भोलिपल्ट माता गौरी र महादेवलाई चढाउने गरिन्छ। यस पर्वमा माता गौरी र महादेवलाई बासी फूल र बेलपत्र चढाउने परम्परा छ।

त्यसपछि साँझमा माता गौरीका लागि नैवेध तयार गरिन्छ, त्यस समय बेसारलाई माता गौरीको प्रतीक प्रतिमास्वरूप बनाएर पानको पातमा राख्ने गरिन्छ, जसलाई मैथिली भाषामा 'गौर' भन्ने चलन छ।

यसका लागि छरछिमेकका महिलाहरूलाई निम्तो समेत दिइन्छ र महिलाहरूले मधुश्रावणीमा हुने विभिन्न विधिविधानको महत्व र विशेषता झल्किने खालका लोकगीतहरू गाउने गर्छन्। यस पर्वमा विशेसगरी मैथिली भाषाका लोकगीतहरू गोसाउनी गीत, गौरीगीत, शिवनचारी, महेशवाणी, कोहबर गीत आदि गाउने प्रचलन छ।

मधुश्रावणीमा गौरी र महादेवको पूजा गर्ने भएकाले शिव/पार्वतीको पारिवारिक परिवेशसम्बन्धी आख्यानहरूको चर्चा गर्ने गरिन्छ। जसले गर्दा पूजाको समयमा मनोरञ्जनात्मक परिवेशको निर्माणसमेत हुने गर्दछ।

गौरी नैवेध र गौरीको प्रतिमा नवविवाहिता महिलाको माइती र ससुराली दुवै ठाउँ बनाइने गरिन्छ। यो पर्व खासगरी माइतीमै मनाइने भएकाले ससुरालीमा बनाइएको गौरीको प्रतीक र गौरीको नैवेद्य पूजाको दिन पूजास्थानमा राखिने गरिन्छ।

मधुश्रावणीकी कथा वाचिका गीतादेवी झाका अनुसार यस अवसरमा नवविवाहिताको ससुरालीबाटै साडी, श्रृंगारका सम्पूर्ण सामग्रीका साथै पर्व अवधिका लागि अन्नसमेत पठाउने चलन रहेको छ।

उनका अनुसार श्रावण कृष्ण पञ्चमीका दिन व्रतालुहरू स्नान गरी वस्त्र धारण गरेपछि कूलदेवतालाई प्रणाम गर्दै पूजा हुने स्थानमा विशेष प्रकारको 'अरिपन' बनाइएको स्थानमा बस्ने गर्छिन्। त्यसपछि त्यहाँ पाँच वटा नागदेवताको आकृति बनाइने गरिन्छ। विशेष प्रकारको अरिपनमाथि पूजा सामग्री समेत राख्ने गरिन्छ। यसमा कलशका साथै एक सय आठ स्थानमा नाग देवताको आकृति बनाइएको हुन्छ। त्यसपछि माता गौरीको पूजा गर्दै मधुश्रावणी पूजा आरम्भ गरिन्छ।

सर्वप्रथम हात्तीमाथि माता गौरीको (बेसारबाट बनाइएको माता गौरीको प्रतीक) पूजन गर्ने गरिन्छ। पञ्चोपचार पद्धतिबाट गन्धपुष्प, धुपदीप, ताम्बुल, दूवार्दल, बेलपत्र, नैवेद्य इत्यादिद्वारा विशेष विधिविधान र स्वामीपुत्रसहित माता गौरीको पूजा गरिन्छ। पूजा गरेपछि प्रत्येक दिन निर्धारित कथा सुनाइने गरिन्छ।

कथापश्चात् 'बाचोबिनी' नामक मन्त्रविशेष समेत एकपटक सुनाइने गरिन्छ। पूजा समाप्त भएपछि व्रतालु कूलदेवतालाई प्रणाम गर्दै आफूभन्दा श्रेष्ठबाट समेत आशिर्वाद लिने गर्छन्। त्यसपछि पूजास्थानमा राखिएको खीरको भागलाई पूजा गर्दै पाँच जना सधवा महिलाहरूलाई खुवाइने गरिन्छ। यस विधिलाई मैथिलीमा 'करोतरी' भन्ने गरिन्छ।

'यस पर्वमा १५ दिनसम्म पूजनकालमा ससुरालीबाट आएको वस्त्र (साडी) मात्रै लगाइने गरिन्छ,' कथावाचिका गीतादेवी झा बताउँछिन्।

यसरी १३ दिनसम्म गरिएको पूजामा एकत्रित गरिएको फूललाई विसर्जन गरिने प्रावधान रहेको छ। साउन शुक्लपक्षको तृतीया तिथिका दिन मधुश्रावणी पर्व समापन गरिन्छ। तृतीयाभन्दा एक दिनपूर्व व्रतालु बेहुली नुहाइधुवाइ गरेपछि सोही दिन साँझ फेरि गौरी नैवेद्य पकाउँछिन्। सोही दिन नवविवाहिता टेमी विधिमा सहभागि हुन्छिन्। टेमी विधिमा दीयोको बातीले नवविवाहितालाई गोडामा पोलिन्छ। बेहुलीको देब्रे गोडामा टुप्पीले स्पर्श गराइन्छ। स्पर्श गराइएको स्थानमा चन्दनको लेप लगाइन्छ।

यसमा पोलिएको ४ स्थानमध्ये एक वा तीन स्थानमा घाउ आए श्रीमान्‌ले भविष्यमा अझै बढी माया गर्ने भन्ने विश्वास रहेको छ। तर, नवविवाहिता महिला गर्भवती रहेको पाइए उनीहरूलाई शीतल टेमी दिइन्छ।

मधुश्रावणी पर्व मिथिला क्षेत्रको विशिष्ट पर्व रहे पनि ब्राह्मण, कायस्थ, भूमिहार र सोनार जातिले मात्रै मनाउने गर्छन्। पर्वमा जाति, स्थानअनुसार विधिमा विविधतासमेत पाइन्छ। जस्तै- ब्राह्मण परिवारमा पूजा अवधिभर ससुरालीबाट आएको अन्न मात्रै खाने प्रचलन छ। तर, अन्य जातिमा भने सो प्रावधान पाइँदैन।

मधुश्रावणी पर्वको महत्व

अवधिको दृष्टिले यो पर्व मिथिला क्षेत्रको सबैभन्दा ठूलो पर्व हो। भगवान शंकरलाई मिथिला क्षेत्रमा त्रिभुवननाथ भनि आस्थाका साथ पूजा गरिन्छ। आशुतोष शंकर मनोवाञ्छित फल प्रदान गर्ने देवताको रूपमा पूजित छन्। मधुश्रावणी पर्वमा विशेष रूपमा नाग देवतालाई 'विषहरा'को नामले पूजा गर्ने गरिन्छ।

विषहरालाई महादेवको सन्ततिसरह मानिएकोले यो पर्व मनाउँदा सर्पको भय नहुने र भगवान शंकरसमेत प्रसन्न हुने जनविश्वास रहेको पाइन्छ।

नेपाल नाट्य संगीत कला प्रतिष्ठानका प्राज्ञ रमेशरञ्जन झाका अनुसार मधुश्रावणी पर्व दार्शनिक दृष्टिकोणबाट समेत महत्वपूर्ण रहेको छ। यस पर्वअन्तर्गत वाचन गरिने कथाहरूमा सृष्टितत्व, पृथ्वीको जन्म आदिको वर्णन पाइनुका साथै जीवन, प्रारब्ध, कर्मफलको भोग, पुनर्जन्म इत्यादि गम्भीर विषयहरूलाई समेत लोककथाको माध्यमले सुनाइने गरिन्छ।

यो पर्व सामाजिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ। पर्वका कथाहरूमा भगवान शंकरको पारिवारिक जीवनसम्बन्धी कुराहरू, विवाह, भगवान शंकर र माता गौरीको दाम्पत्य जीवनको प्रसंगका साथै समाज र परिवारमा द्वेष, सेवा, सहिष्णुता, सहयोग, समर्पण, काम(वासना), मनोरञ्जन, दाम्पत्य प्रेम, पारिवारिक कर्तव्यबोध इत्यादिको वर्णन गरिएको हुनाले यो पर्व शिक्षाको दृष्टिले समेत महत्वपूर्ण रहेको प्राज्ञ झाको बुझाइ छ।

नवविवाहिताका लागि मनोरञ्जन र जीवनोपयोगी शिक्षा दिने पर्व

फूललोढी पर्वले मनोरञ्जनात्मक संयोग जुराइदिएको जनकपुरधाम उपमहानगरपालिका-३ की नवविवाहिता स्नेहा कर्ण बताउँछिन्। उनी भन्छिन्, ‘एकै ठाउँमा बसे पनि कार्यव्ययस्ताका कारण हामी एकसाथ बसेर कुरा गर्न सकिरहेका हुँदैनौं। तर, यो १३ दिनको पर्वले यो अवसरसमेत जुराइदिएको छ।’

'मधुश्रावणी मनोरञ्जनात्मक त छँदैछ। साथै यसले मैथिली विधिविधानसमेत सिकाउँछ,' क्षीरेश्वरनाथ नगरपालिका-५, महेन्द्रनगरकी नवविवाहिता इन्दु झाले बताइन्।

उनले भनिन्, ‘कतिपय मैथिली संस्कारको विधिविधानबारे मैले जान्ने अवसर पाउने भएकी छु। साथै यस पर्वले एक नारी कतिसम्म सहनशील धैर्यवान हुन सक्नुपर्छ भन्ने कुराको ज्ञानसमेत प्रदान गरेको छ।’

मिथिला नगरपालिका-६, ढल्केवरकी मिना कुमारी देवले फूललोढीमा साथीसंगीहरूसँगै विभिन्न मनोरञ्जनात्मक मैथिली लोकगीतहरू गाउँदै बाटो-बाटो डुल्दै अर्काको बारीबाट फूल टिप्नुले बालपनको आभाष गराउने गरेको बताइन्।

'पर्वमा सामेल नवविवाहिताहरूलाई यो पर्वबाट खुलापनको आभाष त गराउँछ। तर, पारिवारिक लोकलाजको विषयमा समेत शिक्षा प्रदान गर्छ,' देवले भनिन्। उनका अनुसार मधुश्रावणी पर्व व्रतालुहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै जीवनोपयोगी शिक्षा दिने उत्कृष्ट पर्वसमेत हो।

मधुश्रावणी व्रतको ऐेतिहासिक पृष्ठभूमि

गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा वंशलाई समाप्त पार्ने प्रवृत्तिको जीव मानिएकोले यस पर्वमा गौरी तथा नागनागिनको विशेष पूजा आराधना गर्ने गरिएको संस्कृतिविद्हरू बताउँछन्।

गौरी दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र होइन मनकामना पूर्ण गर्ने देवी पनि हुन्। मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान श्रीरामजस्ता पति पाइन् भन्ने धार्मिक विश्वास रहेको पाइन्छ। वाल्मीकि रामायणका अनुसार गौरी पूजनका लागि सीताले फूल टिप्ने क्रममा रामसँग पहिलो भेट भएको थियो।

पर्वमा कतिपय कथा शिव-पार्वतीको वैवाहिक, रोमाञ्चक प्रसंग एवं ठट्यौली भरिएका कारण नारी जीवनमा पतिप्रतिको स्नेह, सौहार्दतालाई प्रगाढ बनाउन प्रेरित गर्दछ भने नागकी आमा विसहरा र उनको वंशका बारेमा चर्चित कथाहरूले नागको पूजा गर्ने भावनालाई अभिप्रेरित गर्ने जनविश्वास समेत पाइन्छ।

यो पर्व कहिलेदेखि सुरू गरिएको हो भन्न सकिने तथ्य नरहे पनि शिव पुराणको प्रसंगअनुसार मधुश्रावणी नामक नवविवाहिताले शिवलाई आफ्नो पतिलाई कुष्ठरोग भएको व्यथा सुनाउँदा शिवले तिनलाई यस प्रकारको व्रत गर्न सुझाव दिएका थिए।

उनको सुझावअनुसार ती नवविवाहिताले व्रत गरेपछि पति निको भई स्वस्थ भएको पुराणमा उल्लेख छ। त्यसै दिनदेखि प्रत्येक नवविवाहिताले यसलाई वैधव्य रक्षार्थ अनुपालन गर्दै परम्परागत रूपमा मनाउँदै आएको बुझिन्छ।

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  १३:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ?
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द शनिबार, असोज २४, २०८३
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ? शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
प्रहरी महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्