दार्चुला– दार्चुलाको मार्मा गाउँपालिका-२, घोप्टेमा रोकेर राखिएको ट्याक्टरलाई १० वर्षीय बालिकाले चलाउँदा दुर्घटना भई बालिकाको घट्नास्थलमै मृत्यु भएको छ।
एक सातादेखि सडकमा रोकेर राखिएको को१त ६७७५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मार्मा गाउँपालिका-२ की १० वर्षीया दिपिका महराको घट्नास्थलमै मृत्यु भएको हो। मृतक दिपिकाका साढे ६ महिनाका भाई अनिस महरा र ८ वर्षीय शेरसिह धामी घाइते भएका छन्।
सडकको किनारमा राखिएको ट्याक्टर बालिकाले चलाउँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय लटिनाथले जनाएको छ। सडकको छेउबाट ट्याक्टर झन्डै एक सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय लटिनाथका सई उत्तम अवस्थीले बताए।
दुर्घटनामा परि घाइते भएकामध्ये अनिशको अवस्था गम्भीर छ। स्थानीय मेडिकलमा सामान्य जाँचपछि थप उपचारको लागि उनलाई गोकुलेश्वर अस्पताल रिफर गरिएको अवस्थीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।