डडेलधुरा- बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्लाको दशरथचन्द राजमार्गअन्तर्गत पर्ने पाटन नगरपालिका-८, खोड्पेको बन्तड भन्ने भीरमा भे१ज ५२२४ नम्बरको जिप बुधबार बिहान सवा ५ बजेतिर दुर्घटनामा परेको हो।
जिप भीरबाट झन्डै अढाइ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन।
सामान्य घाइते दार्चुलाको महाकाली नगरपालिका-९, दत्तुका हिक्मत सामन्तलाई थप उपचारका लागि डडेलधुरा अस्पताल ल्याइएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका अर्का एक जनालाई पनि उपचारका लागि डडेलधुरा अस्पताल ल्याइएको छ।
मृत्यु भएका एक जनाको शव भीरमा अड्किएको र कुहिरो र पानीका कारण निकाल्न असहज भइरहेको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।