राजविराज- सप्तरीमा मंगलबार चट्याङ लागेर २ जनाको मृत्यु भएको छ।
वर्षासँगै बिहान ९ः ४५ मा चट्याङ लागेर सुरुङ्गा नगरपालिका-३ का ५५ वर्षीय हरिहर चौधरीको मृत्यु भएको हो।
खेतमा काम गरिरहेको अवस्थामा चट्याङ् लागेपछि चौधरीलाई उपचारका लागि सिरहाको लहानस्थित सप्तऋषि अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
यसैगरी, १०ः५० मा चट्याङ लागेर हनुमानगर कंकालिनी नगरपालिका–११ निवासी ४५ वर्षीया शिवसती देवीको मृत्यु भएको छ।
खेतमा खाना पुर्याउन गएर घर फर्किने क्रममा उनलाई चट्याङ लागेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।