काठमाडौं- विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक शीक्षकलाई कास्कीबाट पक्राउ गरिएको छ।
गत साउन ५ गते कास्कीको पोखरा महानगरपालिका-२५, हेम्जास्थित हेम्जा बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षीया एक विधार्थीलाई गृहकार्य नगरेको भन्दै शिक्षक श्रीराम त्रिपाठीले उनलाई कक्षामै कुटपिट गरेका थिए।
विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको उजुरी आएपछि शिक्षक त्रिपाठीलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक कुमार केसीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।