काठमाडौं- सोमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू
१) कांग्रेस सभापति देउवाद्वारा सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी, सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहेको आरोप।
२) अर्थमन्त्री खतिवडाद्वारा गुठीहरुलाई सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोतको रुपमा चित्रण, विपद व्यवस्थापनमा नेपाली समाजको उल्लेख्य योगदान रहेको स्पष्ट।
३) ’क्लिन फिड’ नराखी विज्ञापन कानुनलाई खोस्टो बनाउन नसकिने सञ्चार मन्त्री बाँस्कोटाको भनाइ, जति छलफल गरे पनि क्लिन फिड लागू गर्ने दाबी।
४) एसीसी यू–१९ एसिया कप क्रिकेट खेल १ साताका लागि सर्यो, अगष्ट २८ देखि हुने भनिएको प्रतियोगिता सेप्टेम्बर ३ तारिखमा सुरु हुने।
५) र, हङकङमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ४ लाख बढी प्रदर्शनकारी माथि अश्रुग्यास प्रहार।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।