काठमाडौं- नेपाली कांग्रेस निकट विद्यार्थीहरुले बाढि पहिरो पिडितलाई राहत वितरण गरेका छन्।
बीपी स्मृति दिवसको समय पारेर रौतहटका प्रभावितलाई राहत वितरण गरिएको हो। गढीमाइ नगरपालिका वडा नम्बर ३ का स्थानीयहरुलाई राहत वितरण गरिएको छ। प्रभावित तिनसय परिवारलाई चामल,तेल,पाल,लत्ताकपडा लगायतका सामान वितरण गरिएको विद्यार्थी नेता सुशील भट्टले जानकारी गराए।
नेविसंघका निर्वतमान महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा गएको टोलीलाई रौतहट कांग्रेसका नेताहरुले सघाएका थिए।
प्रभावितहरुको राहतका लागि संघका नेता कार्यकर्ताले गत साता राहत संकलन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।