विराटनगर- मोरङ जिल्लाबाट एक वर्षको अवधिमा २९ हजार ८ सय ९६ जनाले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन्। जसमा जिल्ला प्रशासन कार्यालयबाट १४ हजार २ सय ५५, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट ७ हजार २ सय ६० र इलाका प्रशासन कार्यालय रङ्गेलीबाट ४ हजार ४ सय ६६ ले सो प्रमाणपत्र लिएको जिल्ला प्रशासन कार्यालयद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
गएको आर्थिक वर्षमा १४ हजार ४९ जनालाई नागरिकता प्रमाणपत्रको प्रतिलिपि वितरण गरिएको छ। सो प्रतिलिपि जिल्ला प्रशासन कार्यालयबाट ८ हजार ६ सय ४४ थान, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट ३ हजार १ सय ८८ थान र इलाका प्रशासन कार्यालय रङ्गेलीबाट २ हजार २ सय १७ थान वितरण भएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए।
जिल्लाभरिबाट १ हजार १ सय ११ लाई वैवाहिक अङ्गीकृत नागरिकता पनि वितरण भएको जनाइएको छ। सो अवधिमा दुवै नामथर प्रमाणित १ सय ६२, नाबालक परिचयपत्र ६ सय ९४, पेन्सन सिफारिस १ सय ७५, हातहतियार नवीकरण १ सय ९७ थान, सङ्घसंस्था नवीकरण ६ सय ६२ वटा, ठाडो उजुरी ७ सय ६५ वटामा कार्यान्वयन पनि ७ सय ६५ वटै, सडक दुर्घटना २ सय १३ मा मृत्युको सङ्ख्या ५५, घाइतेको सङ्ख्या ३ सय ३४ जना भएको सहायक प्रजिअ पाण्डेले बताए।
राहदानी नियमिततर्फ दर्ता १५ हजार १ सय ८० वटा भएको जसमा जिल्ला प्रशासन कार्यालयमा १० हजार ४ सय २६, इलाका प्रशासन कार्यालय उर्लाबारीमा ४ हजार २ सय ५० र इलाका प्रशासन कार्यालय रङ्गेलीमा ५ सय ४ राहदानीको लागि दर्ता भएको थियो। राहदानीका लागि द्रुत सेवा सिफारिस सङ्ख्या जिल्लाभरिमा ४ सय ८ को भएको बताइएको छ।
राहदानीबाट जिल्लाभरिमा कूल राजश्व ५ करोड ३४ लाख २३ हजार ७ सय ५० रुपैयाँ, कम्पनी रजिष्ट्रेसन दस्तुर १६ लाख २२ हजार ५ सय, परीक्षा शुल्क २५ हजार रुपैयाँ, हातहतियारको इजाजत दस्तुरबाट एक लाख ९६ हजार ४ सय ७५ रुपैयाँ, प्रशासनिक दण्ड जरिवना र जफतबाट ४५ लाख ४० हजार ५ सय ६ रुपैयाँ र बेरुजु रकम ३ करोड ८६ लाख रुपैयाँ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।
यसैगरी, कार्यालयले सो अवधिमा चट्याङको राहत ४ लाख, आगलागी राहत ५ लाख ४७ हजार र बाढीपीडित राहत रकम १५ हजार रुपैयाँ वितरण गरी हाल कोषमा १ करोड ८६ लाख रुपैयाँ मौज्दात रहेको छ । यसरी वितरण गरिएको राहतबाट १ सय ४३ जना लाभान्वित भएका छन्।
एक वर्षको अवधिमा एक हजार २ सय ८१ थान दर्ता भएका मुद्दामा ४ सय ९८ वटा फैसला भएको र मादकपदार्थ सेवनका ३ सय १७ वटा दर्ता भएको मुद्दामा ३ सय १७ वटै फैसला भएको र जिल्लाभरिमा सो अवधिमा अभद्र व्यवहारका ६ सय ९७ वटा दर्ता भएको मुद्दामा ३ सय ३ वटा फैसला भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। साथै, प्रदेशको राजधानी भएको जिल्लाको सदरमुकामस्थितका जिल्ला प्रशासन कार्यालयलाई नमूना कार्यालय बनाउनेतर्फ काम भइरहेको छ।
कार्यालयमा अहिले विश्राम कक्ष, अपाङ्गतामैत्री कार्यालय, स्थनपान कक्ष, टोकन प्रणाली, फ्री वाइफाई र सेवाग्राहीलाई कुनै कारणले समय लाग्ने भए विश्राम कक्षमा टेलिभिजनसमेतको व्यवस्था भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले जानकारी दिए।
उनले कुनै पनि सेवाग्राहीले गुनासो गर्न नसक्ने वातावरण तयार भएको र यसबाट सेवाप्रदत तथा सेवाग्राहीलाई धेरै मद्दत पुगेको दाबी गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।