प्रतीकात्मक तस्बिर
दाङ- दाङमा पोखरीमा डुबेर तीन युवतीको मृत्यु भएको छ।
आइतबार साँझ पौने ८ बजेतिर घोराही उपमहानगरपालिका-१८ स्थित कटुवा खोला किनारमा सिँचाईका लागि निर्माण गरिएको पोखरीमा डुबेर तीन युवतीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहका अनुसार पोखरीमा नुहाउने क्रममा उनीहरुको मृत्यु भएको हो।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१८ अम्बापुर निवासी १९ वर्षीय बसन्ता विक, घोराही १८ सालघारी निवासी १९ वर्षीया झरणा विक र झरनाकी १६ वर्षीया बहिनी अमृता विक छन्।
उनीलाई पोखरीमा डुबेको अवस्थामा प्रहरीले उद्दार गरी उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो।
तर प्रतिष्ठानले उनीहरुलाई मृत घोषणा गरेको थियो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।