गलकोट- बागलुङको काठेखोला गाउँपालिका–१, मनाङडाँडामा शनिबार राति ८ बजे जिपले किच्दा ७ वर्षीय बालकको मृत्यु भएको छ।
ग१ज ७१८१ नम्बरको जिपका चालक ससिलाल थापाले पार्किङ गर्ने क्रममा जिप ब्याक गर्दा चालककै छोरा ७ वर्षीय सलिन थापालाई किच्न पुग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक झपिन्द्रप्रसाद भट्टराईले जानकारी दिए।
बागलुङ बजारबाट यात्रु तथा सामान ओसारपोसार गर्ने जिप राति घर नजिकै पार्किङ गरेर राख्ने क्रममा अचानक बालकलाई किच्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।